रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै धनी फुटबलर

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् ।

फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।

यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी र रोनाल्डो दुबैको कुल सम्पत्ति ५० करोड डलरभन्दा बढी रहेको अनुमान लगाइएको छ ।

शाही परिवारको सदस्य हुनुका बाबजुद फुटबलमा करियर खोज्नका लागि यी खेलाडीले आफ्नो परिश्रम जारी गरेका छन् । एएफसी न्युबरीको युवा टोलीबाट खेलेपछि फइकले सन् २००९ मा साउथह्याम्पटनको युवा एकेडेमीमा एक वर्षे सम्झौता गरेका थिए ।

त्यसपछि उनी आर्सनलमा ट्रायलका लागि गए । यहाँ युथ एकेडेमीमा उनले एक वर्ष बिताए २०१३ मा लायन सिटी कपमा उनले आर्सनलको प्रतिनिधित्व पनि गरेका थिए ।

त्यसपछि चेल्सीको युवा टोलीमा एक वर्ष बिताएर उनले २०१६ मा लेस्टर सिटीसँग व्यवासहिक सम्झौता गरे । चार वर्ष लेस्टरमा बिताएपछि सन् २०२० यता उनी पोर्चुगलको मारिटिमो फुटबल क्लबमा आबद्ध छन् ।

अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन । उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टलेज, फरारिज, रोल्स रोयस जस्ता बहुमुल्य र आरामदायी कार तथा घडीको ब्यवस्था गरिदिन्छन् । प्रिन्स जेफ्रीले आफ्नो ५०औं जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टनै आयोजना गरेका थिए ।

उनी भन्छन्–‘मलाई राम्रो खेलाडी बनाउन परिवारले सानैदेखि मलाई शारीरिक र मानसिक रुपमा तयार पार्नुभयो । उहाँहरु मेरो लगि बास्तविक रोल मोडल हुनुहुन्छ । मैले केवल राम्रो खेल्न सके मेरो परिवारका लागि सबैभन्दा ठूलो धन त्यही हो ।’

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…