अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण गरिरहेका बेला माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हस्तक्षेप गर्न खोजेपछि झ’डप भएको हो ।

राहत वितरण भइरहेको ठाउँमा गएर अखिल क्रान्तिकारीका नेताहरुले जबरजस्त अनेरास्ववियुको ब्यानर झिकेर आफ्नो ब्यानर राख्न खोजेपछि स्थिति तनावपूर्ण भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य चन्द्र थिङले बताए ।

अखिल क्रान्तिकारीका जिल्ला नेताद्वय तोकबहादुर लामा, क्षितिज लामा, वाइसियल जिल्ला सचिव प्रल्हाद चौलागाईँलगायतका माओवादी कार्यकर्ताले जबरजस्त राहत वितरण विथोल्न खोजेपछि झ’डपको स्थिति आएको हो ।

‘राहतको नाममा अनेरास्ववियुले राजनीति गरेको’ भन्दै माओवादी कार्यकर्ताले ब्यानर झिक्न खोजेको र अनेरास्ववियु प्रतिकारमा उत्रेपछि केहीबेर दोहोरो झ’डप भएको थिङको भनाइ छ । करिब आधा घण्टा झ’डप भएपछि प्रहरीले स्थितिलाई साम्य बनाएको थियो । अनेरास्ववियुको केन्द्रीय टोली बुधबार राहत सामग्री लिएर मेलम्ची पुगेको थियो ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…