शान्ति सेनामा नेपाल तेस्रो नम्बरमा, भारत र पाकिस्तानभन्दा नेपाल अघि

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । चौथोमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई पछि पार्दै स्थान सुधार गरेको हो । यूएन मिसनमा खटिने सुरक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंगलादेश पहिलो नम्बरमा छ भने अफ्रिकी मुलुक इथोपिया दोस्रोमा छ ।

यूएनबाट प्राप्त सूचनाअनुसार नेपालको ५ हजार ६ सय ८६ सुरक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यस्तै, पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन् ।

नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् । रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।

सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए । ‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।

सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।

नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभरको रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थालेको थियो । त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…