प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने सङ्ग्रौलाको समूहसँग एक महिनाअघि महाराजगञ्ज चोकमा प्रहरीले लाइसेन्स मागेको थियो । लाइसेन्स नबोकेको भन्दै बाइक रोक्दा उत्पन्न विवादका क्रममा सङ्ग्रौलाको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको थियो । ड्युटीमा रहेका प्रहरीमाथि गरिएको रंगभेदी दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि सङ्ग्रौलामाथि का’रबाहीको आवाज उठेको छ ।

भिडियाेमा सङ्ग्रौलाको समूहले असई झालाई भनेकाे प्रस्टै सुनिन्छ, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्न। ट्राफिकको जागिर खाएर काम छैन । आफ्नै घरतिर सजिलो पनि हुन्छ ।’

महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी महाशाखाले आवश्यक छानविन गरिरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताएका छन् । ‘प्रहरीले यो घटनालाई रंगभेदभन्दा कार्य व्यवधान खडा गरेको रूपमा लिएको छ,’ प्रवक्ता कुँवरले शिलापत्रसँग भने, ‘रंगभेदमा कारबाही चलाउन सम्बन्धित प्रहरी कर्मचारीको उजुरी आउनुपर्छ । त्यो अहिलेसम्म आएको छैन ।’

उनको समूहले असई झालाई सरुवा गरिदिने धम्की दिएको थियो । दुई सातापछि महाराजगञ्जबाट झाको सरुवा भएपछि चौतर्फी विरोध भएको थियो । सरुवाबारे अनेक टिकाटिप्पणी हुन थालेपछि झा महाराजगञ्जमै थमौती भएका छन् । तर, विवाद भने टुंगिइसकेको छैन ।

उक्त रंगभेदी दु’र्व्यवहारविरुद्ध राष्ट्रिय मधेसी आयोगमा समेत उजुरी परेको छ । सङ्ग्रौलाले भने मान्छेको जात एउटै हुन्छ भेदभाव गर्नुहुँदैन भनेर निरन्तर आवाज उठाउने व्यक्ति भएको दाबी गर्दै आफूले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्टीकरण दिएकी छिन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छिन्, ‘एउटा पुरानो भिडियो भाइरल गरेर मलाई गलत देखाउने हर्कत गरिएको छ ।’

आफूले नबोलेको भए पनि नेतृत्व गरेको विषयवस्तुप्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर जवाफसहित क्षमायाचना गर्ने उनले बताएकी छिन् । ‘मैले नबोलेका कुरालाई इस्यु बनाएर तराईबासी दाजुभाइ दिदीबहिनीहरूमा भावनात्मक चोट पुगेको छ,’ सङ्ग्रौलाले भनेकी छिन्, ‘जसले जे बोलेको भएपनि मैले लिड गरेको विषयवस्तुप्रति उठेका सवालको नैतिक जिम्मेवारी लिएर मैले जवाफसहित क्षमायाचना पनि गर्छु ।’

एक जना सिकिस्त बिरामीका लागि अक्सिजन सिलिण्डर लिन जाँदा ट्राफिकले लाइसेन्स मागेर बाइक राखिदिएपछि विवाद भएको उनले स्वीकारेकी छिन् । कुनै हालतमा बाइक नदिने भनेपछि आफूहरू प्रहरी कार्यालय गएको उल्लेख गर्दै उनले असई झाले ‘भिडियो हालिस् भने सबलाई साइबर क्राइममा हाल्छु’ भनेर धम्क्याएकोसमेत बताएकी छिन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…