सरकारले चीनबाट खोप खरिद गर्ने भएपछि, बिचौलियाको बिचल्ली

सोमबारको क्याबिनेट बैठकले चीनबाट भेरोसिल खोप ५० लाख डोज खरिद गर्ने सैध्दान्तिक निर्णय गरेको छ । चीनले घनिष्ठ छिमेकी मुलुकको नाताले नेपाललाई उपलब्ध गराउने खोपको मूल्य सार्वजनिक गर्न नहुने शर्त मात्र राखेको छ । ‘नन डिस्क्लोजर’ शर्तमा दस्तखत गरेपछि नेपालले कुनै पनि हालतमा खोपको मूल्यबारे बताउन पाउने छैन । त्यसैको लागि क्याबिनेटबाट निर्णय गराइएको स्रोतको दाबी छ ।

पहिले ५० लाख डोज खरिद गर्ने र त्यसपछि आवश्यकताअनुसार क्रमशः थप खोपको निम्ति प्रक्रिया अघि बढ्ने बताइएको छ । चीनको शर्त,खोपको मूल्यका आधारमा राज्यले कानुन,स्रोत र साधनलाई दृष्टिगत गर्दै खोप खरिद प्रक्रिया अघि बढेको हो । यसअघि खोप खरिद अवरुध्द प्रक्रियालाई चिरेर नेपाल अघि बढेको बताइन्छ ।

स्रोत भन्छ-नेपाल सरकारले अब सबै खोप किनेर ल्याउने मनस्थिति बनाएको छ । खरिद प्रक्रियामा कुनै समस्या नआओस् भन्नाको लागि जीटुजी मोडल अपनाइएको हो । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग किनिएको प्रक्रिया झैँ चीनबाट खरिद गर्ने खोपको लागि पनि उही प्रक्रिया अपनाइएको हो ।

चीन सरकारले राज्य नियन्त्रित साइनोफार्मसँग खोप किनेर नेपाल सरकारलाई उपलब्ध गराउनेछ । भारतको सिरम निजी कम्पनी हो भने साइनोफार्म राज्य नियन्त्रित हो । चीनले यसबीच पाकिस्तानलाई स्थानीयस्तरमा खोप उत्पादनको लागि कारखाना नै बनाइदिइएको छ । तर,चीनबाट दक्षिण एसियामा सबैभन्दा धेरै खोप अनुदानमा प्राप्त गर्ने मुलुकमध्ये नेपाल पहिलो रहेको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

साइनोफार्मबाट खरिद गर्न लागिएको खोपको मूल्य औपचारिक रुपमा बाहिर ल्याइएको छैन । चीनको आन्तरिक बजारमा उक्त खोप १४ देखि १५ चिनियाँ युआन पर्ने बताइएको छ । चीनमा केन्द्र सरकारले विभिन्न प्रान्तलाई उपलब्ध गराउँदा त्यसको मूल्य १७ युआन उल्लेख गर्ने गरिएको स्रोतले बताएको छ ।

तर केही समयअघि चीनबाट खोप किनेको फिलिपिन्सले प्रति डोज ३५ डलरमा खरिद गरेको बताइन्छ । बाहिर नखुलाइए पनि नेपाललाई १० डलरसम्ममा चीनले उपलब्ध गराउने आँकलन गरिएको छ ।

नेपालले खरिद गर्न लागेको भेरोसिल खोप कूटनीतिक प्रयासमा गरिएकाले धेरै सस्तो भाउमा पाउन लागेको अड्कल लगाइएको छ । स्रोत भन्छ- ‘नेगोसियसनमा चीनले रिजनबेल मूल्यमा दिन्छु भनेको छ । सम्भवतः लोवेष्ट मूल्य हुन्छ ।’ त्यसमा परराष्ट्र मन्त्रालयको उच्च तहले आवश्यक सहजिकरण गरेको बुझिएको छ ।

चीनको राजनीति,कूटनीति र व्यापारिक रणनीतिअनुसार पनि छिमेकी नेपाललाई खोप उपलब्ध गराउनु यतिखेर महत्वपूर्ण हुँदै गएको हो । हामीलाई पनि चीनबाट खोप किन्नु जत्तिको सहज अन्यत्रबाट देखिएको छैन । त्यसैको आधारमा सोमबारको क्याबिनेटले सैध्दान्तिक निर्णय गरेको हो ।

खोप खरिदको लागि परराष्ट्रले चीनसँग आवश्यक सहजिकरण गरे पनि आवश्यक काम र प्रक्रिया सबै काम स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेको हो । चीनसँग भएका वार्तामा खोपको मूल्य,खोप संख्या र तोकिएको समयमा डेलिभरी गर्न चीन तयार भएको हो । बीचमा कुनै अप्ठेरो अवस्था आएमा पुनः कूटनीतिक संयन्त्रमार्फत् सहजिकरण गरिने भनिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतले भनेको छ ‘यी सबै कामको नेगोसिएसन स्वास्थ्य सेवा विभागमा बसेर गरिएको हो । परराष्ट्रले मानवीय र कूटनीतिक सहयोगमा सहजिकरणको निम्ति प्रोएक्टिभ काम भने गरेको हो ।’

विगतलाई मध्यनजर गर्दै खोप खरिदमा आन्तरिक पारदर्शी कायम गरिएको बताइन्छ । यसबीचमा देखापर्न खोजेका केही औषधी र खोप माफिया तथा बिचौलियाहरुले खोप खरिदमा हस्तक्षेप गर्न खोजे पनि कूटनीतिक संयन्त्रका कारण पछाडि परेका थिए । त्यसैले यसमा नेपालको स्वास्थ्य सेवा विभाग र परराष्ट्र मन्त्रालयबाहेक कसैको पनि संलग्नता नरहेको बताइन्छ ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…