मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै एलन मस्क

प्रविधि जगतका अर्बपति टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो बिक्री हुन बाँकी रहेको अन्तिम घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् ।

क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको मस्कले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । ठूलो परिवारका खातिर आफूले आफ्नो अन्तिम घरसमेत बेच्न थालेको मस्कको जिकिर छ ।

मस्कले आफ्नो ट्वीटमा लेखेको छन्–मेरो बँचेको घर बेच्ने निर्णय गरेँ । त्यहाँ (मंगल ग्रहमा) बस्ने ठूलो परिवारसँग जानका लागि यहाँको घर बेच्न आवश्यक परेको हो । यो निकै विशेष ठाउँ हो ।

मंगल ग्रहमा बस्ती बसाल्ने योजना पूरा गर्न रकम जुटाउनका लागि आफूले आफ्नो सबै घर सम्पत्ति बिक्री गर्ने मस्कले बताउँदै आएका छन् ।मंगल ग्रहमा बस्ती स्थापना गरी सन् २०५० सम्ममा पृथ्वीबाट १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने योजना उनको छ ।

स्मरण रहोस् मस्कलगायतका विभिन्न अर्वपतिहरुले कर छली गरेर निकै कममात्र कर तिरिरहेको रिपोर्ट सार्वजनिक भएको एक हप्तापछि मस्कले आफ्नो घर बेच्न लागेको बताएका हुन् ।

प्रो पब्लिकाले गत हप्ता सार्वजनिक गरेको रिपोर्टमा अमेजनका सीईओ जेफ बेजोस तथा बर्कशाएर कम्पनीका अध्यक्ष वारेन बफेटले आफ्नो आम्दानीको तुलनामा निकै कम आयकर तिरिरहेको र एलन मस्कले सन् २०१८ मा कुनै पनि संघीय आयकर नतिरेको खुलासा गरेको थियो । मस्कले सन् २०१५ र २०१७ मा ७० हजार डलर भन्दा कम आयकर तिरेको पनि उक्त रिपोर्टले देखाएको छ ।

गत महिना एक ट्वीट गर्दै मस्कले आफूसँग अब केवल सन फ्रान्सिस्को बे एरियामा एउटामात्र घर रहेको र त्यो पनि भाडामा दिएको बताएका थिए । उक्त घर ठूलो परिवारले किनेमा मात्र काम आउने खालको रहेको र भविष्यमा बिक्री हुने विश्वास व्यक्त गरेका थिए ।

आफ्नो अथाह सम्पत्तिको बारेमा भैरहने आलोचनालाई मथ्थर पार्नका लागि एलन मस्कले गत वर्ष आफ्ना सबै घर तथा अधिकांश सम्पत्ति बिक्री गर्ने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले क्यालिफोर्नियामा रहेका आफ्ना दुईवटा घर बिक्रिमा राखे ।

हाल एलन मस्क टेक्सासस्थित बोका चिकामा रहेको एउटा घरमा भाडामा बस्दै आएका छन् । उनले उक्त घरका लागि मासिक ५० हजार डलर भाडा तिर्दै आएको जनाएका छन् । रोचक त के भने मस्कले आफु बस्ने घर आफ्नै कम्पनी स्पेस एक्ससँग भाडामा लिएका हुन् । ब्लुम्बर्गबाट

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयो, अ’पहरणकाे मुद्दा दायर गर्छु : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…