विपद् व्यवस्थापनमा सरकारको योजना :  ‘जब पर्यो राति, तब बूढी ताती’ 

Pandav Sharma
  • पाण्डव शर्मा 

‘जब पर्यो राति, तब बूढी ताती’ भन्ने नेपाली उखान हाम्रो नेपाली समाजमा निकै चर्चित छ । हाम्रो पुर्खाहरूले दूरगामी सोचेका साथ यस्ता उखान टुक्काहरूको निर्माण गरेका हुन् । उनीहरूका धेरै तर्कहरू निकै सत्य छ । त्यस्तै अवस्थामा चलेको छ नेपाली समाज अहिले पनि ।

कुनै पनि समस्या परेपछि नेपालीहरू निकै सक्रिय हुन्छन् र, समाधानतर्फ लाग्छन् । सब समस्या समाधान भयो तब यो समस्या अर्को पटक कहिल्यै आउँदैन जस्तो गरेर पूरै बिर्सन्छन् । यसको उदाहरणको रुपमा हामीले वर्षेनी हुने बाढी पहिरोको असर । 

जब वर्षाको समय शुरु हुन्छ तब बाढी रोक्ने उपाय, खोलामा अव्यवस्थित बस्ती हटाउने कुरा, उद्धार सामाग्रीको व्यवस्थापनका कुरा आउँछन् । जब असोज महिना शुरु हुन्छ तब यी सबै कुरा बिर्सने बानी छ । त्यस्तै गर्मी मौसममा आगलागी हुँदा आगलागी रोक्ने उपायहरूको बारेमा निकै मन्थन र छलफल हुन्छ । जब वर्षात शुरु हुन्छ तब सबैले अर्को वर्ष फेरी गर्मी मौसम आउँला र आगलागी होला भन्ने कुरा बिर्सन्छन् ।

पछिल्लो साता नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षाले केहीको ज्यान गएको छ भने कैयौँ घरबार विहीन भएका छन् । केही ठाउँमा बस्ती नै बगेका छन् । अहिले देश पूरै बाढीको वितण्डाबाट ग्रस्त छ । अहिले बस्तीबीचमा खोला पसेको छ । तर, त्यही खोलामा केही वर्ष देखि निरन्तर बस्तीहरू पसेको कसैले बिर्सनु हुँदैन । नदी तथा खोला आसपासमा गएर बस्ती बसाल्ने हाम्रो रोग जस्तै भएको छ ।

विशेष गरेर शहर बजार क्षेत्रमा खोलाको क्षेत्रनै मिचेर प्लटिङ गर्दै बस्ती बसाल्ने काम भएको छ । हामी आफ्नो जग्गाको सीमा मिचिएपछि मुद्दामामला गर्न अदालत जान्छौ । तर, नदी र खोला निर्जीव परे उनीहरु बोल्न सक्दैनन् । बोल्छन् त, केही दशक र वर्ष वर्षपछि सबै बस्ती नै बगाउँदै सुस्कुराउँदै । त्यतिबेला फेरी राहत र उद्धारका कुराहरू उठछन् । धनजनको क्षति हुनु दुःखद कुरा हो । यसमा हामी सबै दुःखद मान्नैपर्छ । साथै हामी आफैले नै यस्ता समस्या निम्त्याएको कुरालाई कसैले बिर्सनु हुँदैन ।

अब सरकारले कानून बनाएर भए पनि नदी तथा खोला क्षेत्रमा रहेका जोखिमका बस्तीहरूलाई स्थानान्तर गर्नैपर्छ । यदि समयमा गरिएन भने भविष्यमा हामीले निकै ठूला जोखिमहरूको सामना गर्नुपर्ने हुन सक्छ । हामीले बस्ती कुन ठाउँमा बसाल्ने भनेर अहिले सम्म पनि निधो गरिसकेका छैनौं । 

सरकारले नदी किनार क्षेत्रमा तटबन्धनको काम पनि गर्नुपर्छ । अहिले पनि वार्षिक सयौं हेक्टर क्षेत्रफल जमिन नदीले कटान गरिरहेको हुन्छ । यसलाई रोक्नका लागि सरकारले दीर्घकालीन गुरुयोजना बनाउनैपर्छ । विपद् व्यवस्थापनमा राज्यको दीर्घकालीन गुरुयोजना आवश्यक छ ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…