यी मान्छेलाई ह्वेल माछाले निल्यो अनि फेरी ३० सेकेण्डपछि थुकिदियो !

समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ ।

एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो । ५६ वर्षका माइकल प्याकार्ड नामक ती गोताखोरलाई समुद्रमा १४ मिटरको गहिराइमा रहेको बेला ह्वेल माछाले खाएको थियो ।

पानीमुनि पौडिरहेको बेला एक्कासी केहीभित्र छिरेर अँध्यारो भएसँगै उनले आफूलाई सार्क माछाले खाएको हो कि भन्ने ठाने । सो ठाउँ धेरै सार्क पाइने ठाउँ हो । तर जीउमा कुनै दुखाई महसुस नभएको तथा सार्कको दाँतजस्तो घोचाई पनि महसुस नभएपछि उनले थाहा पाए कि उनी ह्वेलको मुखभित्र रहेको चाल पाए ।

आफूलाई ह्वेलले निल्ने कोसिस गरिरहेको थाहा पाएपछि उनलाई अब बाँच्दिन भन्ने लाग्यो । उनले आफ्नी पत्नी तथा बच्चाबच्चीलाई सम्झिए ।

झण्डै ३० सेकेण्ड जति आफू ह्वेलको मुखभित्र रहेको उनी बताउँछन् । श्वास फेर्ने मेसिनसँगै ह्वेलले उनलाई मुखभित्र हालेको हुनाले उनले ह्वेलको मुखभित्र रहँदा पनि श्वास फेर्न पाए ।

ह्वेलले आफूलाई निल्छ भन्नेमा उनी ढुक्क थिए । तर सौभाग्य, ह्वेलमाछा पानीको सतहमा आयो, टाउको हल्लायो र उनलाई बाहिर थुकिदियो ।
उनलाई तत्कालै नजिकै रहेका उनका सहकर्मीहरुले उद्दार गरे ।

ह्वेलले मुखभित्र हाल्ने र बाहिर जोडसँग थुक्ने क्रममा उनको खुट्टामा केही चोट लागेको छ ।

विज्ञका अनुसार ह्वेलले यसरी मानिसलाई मुखभित्र हालेको घटना निकै दुर्लभ हो । हम्पब्याक ह्वेल रिसाहा प्रकृतिको नहुने र माछा भन्ठानेर गोताखोरलाई मुखभित्र हालेको हुनसक्ने विज्ञको भनाइ छ । एपीन्यूजबाट

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…