एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि गरेपछि यो विषय थप चर्चामा छ । अमेरिकी रक्षा मन्त्रालयले पनि युएफओसँग सम्बन्धित एक रिपोर्ट छिटै सार्वजनिक गर्दैछ । तर, यही समयमा एक भौतिक विज्ञानीले भने एलियनसँग सम्पर्क गर्ने विषयमा नयाँ चेतावनी दिएका छन् ।

भौतिक विज्ञानी मार्क बुकाननका अनुसार यदि एलियन छन् भने तिनीहरुसँग गरिने सम्पर्कले पृथ्वीमा जीवन समाप्त पार्न सक्छ । डेलीस्टारको एक रिपोर्टअनुसार भौतिक विज्ञानी मार्क बुकाननले चेतावनी दिँदै अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क नगर्न भनेका छन् । पछिल्लो समय अन्य ग्रहका प्राणहिरुसँग सम्पर्क गर्ने विषयमा जोड दिइएको बताउँदै उनले यो मानवताको लागि ख’तरा हुन सक्ने चे’तावनी दिएका हुन् ।

हालै वाशिङटन पोस्टमा वैज्ञानिक बुकाननले ती भिडियोहरुको कुरा उल्लेख गरे जसमा अमेरिकी नौसेनाले यी रहस्यमयी स्पेस अब्जेक्टको सामना गरेको थियो । मार्कले लेखेका छन् ‘यी सम्भावनाहरुका बीच हामी सबै आभारी हुनु पर्छ कि हामीसँग अहिलेसम्म एलियनसँग सम्पर्कको कुनै प्रमाण छैन ।’ मार्कले अगाडि भनेका छन् ‘बाहिरी प्राणीहरुसँग संवाद गर्ने प्रयास, यदि उनीहरुको अस्तित्व छ भने, हाम्रो लागि निकै खतरनाक हुन सक्छ ।’ उनले यदि त्यहाँ जीवन भए त्यो मित्रवत छ भनेर कसले भन्ने भनेर प्रश्न उठाएका छन् ।

बुकाननका अनुसार हामी एलियनहरुको जुन सभ्यतासँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौं ती सभ्यता हामी मानिसहरुको तुलनामा कैयौं गुणा धेरै विकसित हुन सक्ने सम्भावना छ । तर, अन्य केही खगोलविदहरुले भने एलियनसँगको सम्पर्कले मानवतालाई लाभान्वित गर्ने तर्क गर्छन् । म्यासेजिङ एक्स्ट्राटेरेस्ट्रियल इन्टरनेशनलका अध्यक्ष अमेरिकी खगोल विज्ञानी डगलस वाकोच भने सक्रिय रुपमा एलियनसँग सम्पर्कको प्रयास गर्नुपर्ने धारणा राख्छन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…