कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान दिने

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको मागबमोजिम प्रदेश सरकारले पत्रकारका लागि यस्तो कार्यक्रम ल्याउन लागेको हो । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाका अनुसार मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन् ।

पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले भने– यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखनवृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्छौ । त्यो माध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाहीबारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्नेछ ।

सहिद र घा’इते परिवार लाई मासिक दुई हजार भत्ता

कर्णाली प्रदेश सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्व’न्द्वका क्रममा घा’इते तथा आ’पांगता भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने उल्लेख छ ।

सरकारको उक्त कार्यक्रम अनुत्पादक र कार्यकर्ता रिझाउन ल्याइएको भन्दै कतिपयले आलोचना गरेका छन् । कर्णाली प्रदेशमा सहिद परिवार र घा’इते तथा अपांगता भएकालाई मासिक दुई हजार भत्ता दिँदा करिब १३ करोड रुपैयाँ खर्च हुनेछ ।

नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी जितेन्द्रका अनुसार प्रदेशमा दुई हजारभन्दा बढी सहिद परिवार र २५ सयभन्दा बढी घा’इते तथा आपांगता भएकाहरु छन् ।

सरकारको कार्यक्रमबाट सहिद परिवार, घा’इते र आपांगता भएकाहरु खुसी छन् । तर यसले प्रदेशमा व्ययभार थपिने भन्दै कतिपय सांसदले चिन्ता व्यक्त गरेका छन् ।

सांसद सुशील थापा प्रदेश सरकारले आफ्नो आयस्रोत हेरेर मात्रै यस्ता कुरामा लगानी गर्नुपर्नेमा जोड दिन्छन् । ‘मासिक दुई हजार दिने कुराले केही मात्रामा युवालाई खुसी पार्न त सरकारले सक्ला तर यो दीर्घकालीन हुन सक्दैन ।

यसरी बाँडिएको रकमले उनीहरुको क्षमतामा कुनै पनि परिवर्तन आउँदैन’, उनी भन्छन्, ‘उनी भन्छन्, ‘यो वितरणमुखी कार्यक्रम हो । यो कार्यक्रमले माछा मारेर दिने तर माछा मार्न नसिकाउने प्रवृत्ति हावी गराउँछ र प्रदेशको ठूलो रकम खेर जाने सम्भावना हुन्छ ।’ उनले १५ करोड आन्तरिक आम्दानी भएको प्रदेशले यस्ता कार्यक्रम धान्न नसक्ने बताए ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…