निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर अश्विन श्रेष्ठले होटल सञ्चालन गरेको पाइएको हो।

उनले आइतबार बिहान करिब ३ बजे निषेधाज्ञाको उल्लंघन गर्दै भेला जम्मा गरी होहल्ला गरेको पाइएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले सञ्चालकसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई पक्राउ गरी कारबाहीको लागि प्रशासनमा बुझाउँदा भोजपुरका २५ वर्षीय सञ्चालक श्रेष्ठलाई चार लाख जरिवाना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

त्यस्तै, प्रशासनले त्यही होटलबाट समातिएका दुई जना विदेशीसहित आठ जनालाई १५ हजारका दरले जरिवाना तिराएको छ। दुई जना विदेशी क्रोएसिया र अजरबैजनका नागरिक भएको परिसरले जनाएको छ।

मास्क बिना हिड्दुल पनि रोक 

काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकमा यस्तो सहमति भएको हो ।

गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो नभएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने,“अहिल्यै त्यति खासै खुकुलो हुँदैन । पासबाहेकका निजी गाडीहरूपनि चल्दैनन् । विस्तृत कुरा प्रशासनले सार्वजनिक गर्ला ।” प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…