गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले नै प्रस्तुत गर्ने भएका छन् ।

जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थमन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ ।’

नेपाली कांग्रेसका पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् ।

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए ।

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए । ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ,’ उनले भने ।

प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए । ‘विश्वासको मत नलिइकन, सरकार स्थिर नभइकन महत्वपूर्ण काम किन गर्नुभो भनेर प्रश्न उठाएको हो । त्यो प्रश्न हामीमाथि पनि आउँछ भन्ने लागेको छ,’ उनले भने, ‘मुख्यमन्त्री र निवर्तमान मुख्यमन्त्रीबीचको छलफल भइसकेपछि त्यो अनुसार हुन्छ ।’ उनले प्रमुख प्रतिपक्षीसँग समन्वय गरेर सरकार अगाडि बढ्ने बताए ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…