दीपक मनाङेको फोटो सेयेर गर्दै बाबुरामले भने, रत्नाकर बाल्मिकी बने जस्तै

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने तर्क राखेका छन्। राजीव गुरूङ ( दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र भट्टराईसँग पनि भेटेपछि विभिन्न टीकाटिप्पणी भएको बताउँदै उनले यसलाई अन्यथा मान्न नहुने धारणा राखेका छन्।

उनले आइतबार फेसबुकमा प्रश्न गर्दै लेखेका छन्,‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?’

मान्छे जन्मजात अ’पराधी नहुने र समाज, राज्यले मान्छेलाई अ’पराधी बनाउने भट्टराईको तर्क छ। उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अ’पराधी हुन्न। समाज/राज्यले मान्छेलाई अ’पराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अ’पराधी’ बनाइदिन सक्छ। अत:अ’प’राध/अ’प’राधी एक सापेक्ष अबधारणा हो।’

उनले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको स्मरण गरेका छन् छन्।

भट्टराईले भनेका छन्, ‘मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन।’

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए। मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो। उनै मनाङेको साथ पाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। पोखरेलले उनलाई शनिबारै विना विभागिय मन्त्री बनाइसकेका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…