चीनलाई तह लगाउन यी देशहरु कम्मर कसेर लागे, बेलायतमा ‘जी सेभन’ राष्ट्रका प्रमुखहरु एकसाथ

एजेन्सी । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह ‘जि–सेभेन’ले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने भएको छ ।

विश्वभर बढ्दो चिनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना जि सेभेनले पास गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावलाई जि सेभेनले ‘बि–थ्रि–डब्लु’ अर्थात ‘ब्युल्ड ब्याक बेटर वल्र्ड’ नाम दिएको छ ।

चीनको प्रभाव कम गर्नका लागि पश्चिमा देशहरुले काउन्टर लगानी गर्नु पर्ने विषय उठेको छ। चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत विश्वका विकासशील देशहरुमा खर्बौँ रकम लगानी गर्दै छ। त्यसको काउन्टरका लागि ‘बिल्ड ब्याक बेटर’ लाई प्रभावकारी बनाउनु पर्ने पश्चिमा देशहरुले बताउँदै आएका छन्।

बेलायतको कोर्नवेलमा सम्पन्न जि सेभेनको शिखर बैठकले यो प्रस्ताव पास गरेको हो । जानकारहरुले जि सेभेनको ‘बि–थ्रि–डब्लु’ प्रस्तावलाई चिनको महत्वकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बि.आर.आई.) को विकल्पको रुपमा हेरेका छन् ।

बिआरआई मार्फत चिनले गरिब मुलुकहरलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको जि सेभेनको ठम्याई छ । जि सेभेनका देशहरु चिनको प्रभाव रोक्ने विषयमा सहमत भएपनि गरिब देशहरुलाई कसरी सहयोग गर्ने भन्नेबारे ठोस निर्णयमा पुगिसकेका छैनन्।

गरिब देशहरुसँग भौतिक पूर्वाधारमा सम्मानजनक र न्यायोचित साझेदारी विकास गर्ने जि सेभेनको वाचा छ ।

यस्तै युगुर मुस्लिममाथि चीनले गर्दै आएको दमन तथा यातनाको विषय पनि उठाइने भएको छ। चीनलाई काउन्टर दिनका लागि मात्रै नभएर विश्वमा सकारात्मक परिवर्तनका लागि यस्तो गर्न लागिएको अमेरिकी अधिकारीले बताएका छन्।

चीनको बढ्दो शक्ति तथा प्रभाव कम गर्नका लागि काम गर्नु पर्नेमा पश्चिमा देशहरु सहमत रहे पनि चीनले आफ्नो प्रभुत्व बिस्तारका लागि गरेको लगानीको आकार ठूलो रहेको उनीहरुले बताउने गरेका छन्।

महामारी सुरु भएपछि पहिलोपटक एकसाथ ‘जी सेभन’ राष्ट्रका प्रमुखहरु

विश्वमा कोरोना भाइरस संक्रमण देखिएपछि पहिलोपटक शक्तिशाली राष्ट्रहरुका राष्ट्र र सरकार प्रमुखहरु भौतिक रुपमा एकैस्थानमा भेला भएका छन्। कोरोनासँग जुध्दै गरेको बेलायतमा ‘जी सेभेन’ सदस्य राष्ट्रका प्रमुखहरु पुगेका छन्।

बेलायतसहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र युरोपियन युनियनका प्रमुखहरु बेलायतको कनवेलमा पुगेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई समेत सहभागी हुन आग्रह गरेका थिए। अस्ट्रेलियन र भारतले सम्मेलनमा सहभागी हुने बताइसकेको छ। जोनसनले ‘जी सेभन’ को दायरा बढाउने लक्ष्य लिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, जापानी प्रधानमन्त्री योशिहिडे सुगा, फ्रान्सेली राष्ट्रपति इमान्युल माक्रोन, यरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकल, इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन चान्सलर एन्जेला मार्केल बिच महामारी देखिएपछि पहिलोपटक एकसाथ सँगै देखिँदैछन्।

बैठकमा कोभिड १९ महामारी बारे यी राष्ट्रबिच छलफल हुने बताइएको छ। विशेषगरी भ्याक्सिन र आपसी सहयोगको विषय प्राथमिकतामा पर्ने बताइएको छ। साथै, आर्थिक र क्षेत्रिय सुरक्षाका बारेमा पनि छलफल हुनेछ।

बैठकलाई मध्यनजर गर्दै कनवेल र आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। यस्तै, कोरोना संक्रमण कम नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गरिने बताइएको छ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…