श्रीमतीलाई मन्त्री बनाएपछि आफ्नो समूहभित्रैबाट एक्लिए बादल

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा बादल पूर्वमाओवादी समूहभित्रैबाट एक्लिएका छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले श्रीमती नैनकला थापासहित, दुई जनालाई मन्त्री बनाउन ओलीलाई सहमति दिँदा उनले आफ्नो समूहसँग कुनै सल्लाह गरेनन्।

२७ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरे। त्यसअघि प्रधानमन्त्री ओलीले पूर्व माओवादी समूहका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा ओलीले आफ्नो अप्ठ्याराहरुबारे जानकारी गराएका थिए। उक्त छलफलमा पूर्व माओवादी समूहले कम्तिमा पनि पाँच मन्त्रालयको माग गरेको थियो। त्यसमा पनि तीन फूलमन्त्री र दुई राज्यमन्त्रीमा पूर्व माओवादी समूहले सहमति गरेको थियो।

त्यसपछि थप छलफल गर्ने जिम्मा उक्त समूहले बादललाई नै दिएको थियो। तर, बादलले प्रधानमन्त्री ओलीसँग आफ्नी श्रीमतिसहित दुई त्यो मन्त्रिपरिषद्मा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरियो। तर, यो सिफारिसमा पूर्व माओवादी समूह पूर्ण असन्तुष्ट बनेर बादललाई असहयोग गर्ने नीति लिएको छ। श्रीमतिलाई मन्त्री सिफारिस गरेपछि बादल आफ्ना समूहका नेताहरुको सम्पर्कमा छैनन्।

बादल समूहका एक नेताले बादलले फोन पनि नउठाएको गुनासो गरे। ती नेताले भने, ‘बादलले सबै अडान छाडेर श्रीमतीलाई सञ्चार मन्त्री र अर्को एकलाई कृषि मन्त्री बनाउन सिफारिस गरेछन्। श्रीमतीलाई मन्त्री सिफारिस गरेको थाहा पाएपछि हामीले बादललाई सम्पर्क ग¥यौं। तर उनी सम्पर्क बिहिन भए। यो बादलको घोर अनैतिक कदम हो।’

बागबजारको एउटा होटलमा बसेको पूर्व माआोवादी समूहको बैठकले राजनीतिक रुपमा एमाले अर्थात ओली समूहमा समाहित हुनु देशको आवश्कयता भए पनि मुख्य लिडर बादलमा भने परिवारवाद हावी भएको निश्कर्ष समेत निकालेको छ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…