मन्त्रिमण्डल हेरफेरको तयारीमा मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार गृहमन्त्री अमित शाह र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग बैठक गरेसँगै मन्त्रीमण्डलमा हेरफेर हुने विषय चर्चामा छ । यसलाई मन्त्रिमण्डल हेरफेर गर्ने मोदीको तयारीका रुपमा लिइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही दिनदेखि अलग–अलग समूहहरूसँग आफ्ना मन्त्रीहरु राखेर बैठक गरिसकेका छन् । उनले यस दौरान सबै मन्त्रीहरुले पछिल्लो दुई वर्षमा गरेका कामको जानकारी लिएका छन् ।

अहिले भारतका धेरै मन्त्रीहरुले एकभन्दा धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । रेलमन्त्री पीयूष गोयलले वाणिज्य, रेल मन्त्रालयसँगै उपभोक्ता मन्त्रालय पनि सम्हालिरहेका छन् । सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावन्डेकरले पर्यावरणसँगै उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

कृषी, पञ्चायती राज, ग्रामिण विकास मन्त्री नरेन्द्र सिंह तोमरले खाद्य प्रसंस्करण मन्त्रालय पनि सम्हालिरहेका छन् । किरेन रिजिजूले आयुष मन्त्रालयका अतिरिक्त खेल तथा युवा मन्त्रालय पनि सम्हालिरहेका छन् ।

यी मन्त्रीको नाम चर्चामा

स्रोतअनुसार मन्त्रीपरिषद्को फेरबदल र बिस्तारका क्रममा असामका पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल, बिहारका पूर्व उपमुख्यमन्त्री सुशिल मोदी, सांसद् ज्योतिरादित्य सिन्धिया, बैजयन्त पान्डाको नाम पनि चर्चामा छ ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…