केपी ओलीले दुवै पद छोडेमात्रै सहमति गर्ने माधव नेपालको अडान !

२९ जेठ, काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको लागि आफू तयार रहेको तर अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेका शर्तहरु मान्नुपर्ने बताएका छन् । आफूनिकट नेताहरुले पार्टी एकताको लागि वरिष्ठ नेता नेपाललाई दबाब दिईरहेका छन् । अध्यक्ष ओली र नेता नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरु पछिल्लो समय गम्भीर छलफलमा समेत जुटेका छन् ।

उनीहरुले अदालतको पछिल्लो आदेशअनुसार पनि एमालेलाई एक ढिक्का बनाउन मद्दत पुगेको भन्दै तत्काल सहमति कायम गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष ओलीले यसअघि गरेका कारबाहीलाई समेत अदालतले मान्यता नदिएपछि नेताहरुबीच फेरि सहमति कायम गरेर अघि बढ्नुपर्नेमा दोस्रो तहका नेताहरुले आवाज उठाएका हुन् ।

तर, नेता नेपालले भने ओलीले एकपछि अर्को गरेर विधानविपरितका काम पार्टीमा गरेको र प्रधानमन्त्रीको रुपमा संविधानलाई नै मिच्ने काम गरेको भन्दै मिल्नको लागि आफूले अघि सारेका ६ बुँदे प्रस्तावको साथै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने, र संसद् विघटन गर्नु गलत थियो भनेर सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने अडान राखेका छन् ।

पछिल्लो समय नेता नेपाल कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र जनमोर्चाको विपक्षी गठबन्धनमा छन् । नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर नै गरेका छन् ।

अध्यक्ष ओलीलै हालै गरेको पार्टी एकता आह्वानमा अदालतमा गरिएका हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् । जुन नेता नेपाल पक्षले ठाडै अस्विकार गरिदिएको छ । प्रधानमन्त्री ओलीले हाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । जसपाका ११ जनालाई सहभागी गराएर उनले मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।

आफूनिकट नेताहरुसँग नेता नेपालले अब ओलीसँग सम्झौता नहुने बताउने गरेका छन् । पछिल्ला स्थायी कमिटी सदस्यहरुसँगको भेला र केन्द्रीय सदस्यहरुसँगको बैठकमा पनि ओलीसँग कुनै पनि हालतमा नझुक्ने अडान नेता नेपालले राखेका थिए । पार्टी एकता चाहेको हो भने अध्यक्ष र ओली दुवै पदबाट राजीनामा दिनुपर्ने नेपालको नयाँ शर्त छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…