नेपाली खेलाडी मेरा नायक हुन्, गोर्खाली पाराको खेलबाट सन्तुष्ट : प्रशिक्षक अल्मुताइरी

काठमाडौँ । नेपालले अस्ट्रेलियाविरुद्धको खेलसँगै एसियाली विश्वकप छनोट समूह ‘बी’ को यात्रामा पूर्णविराम लगाएको छ । नेपाल उक्त खेलमा अस्ट्रेलियासँग ३-० ले पराजित भयो । खेलपछि नेपाली टिमको प्रदर्शनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् ।

भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा उनले अस्ट्रेलिया जस्तो बलियो टिमविरुद्ध पनि आफ्ना खेलाडीले निकै मिहिनेत गरेर खेलेको बताए र भने, ‘नेपाली खेलाडीलाई मेरो धन्यवाद छ । उनीहरू मेरो नायक हुन् । आजका खेल निकै कठिन रह्यो ।’

‘गोर्खालीले अन्तिमसम्म फाइट गरे, म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु, गोर्खाली उपनाम जस्तै खेलाडीले पनि बहादुरीका साथ खेले’ अलमुताइरीले भने । खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै राम्रो गर्न सक्ने सङ्केत मिलेको उनको भनाइ छ ।

कुवेतमा भएको खेलपछि उनले थपे, ‘पहिलो हाफको सुरुमै गोल खायौं र दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेल्यौं । तर पनि हाम्रा खेलाडीले आफ्नो मिहिनेत कम गरेनन् । त्यसैले म निकै खुसी छु ।’

प्रशिक्षक अल्मुताइरीले आउने दिनमा नेपालको प्रदर्शन अझ राम्रो हुने दाबी पनि गरे । समूह ‘बी’ को शनिबार भएको अर्को खेलमा कुवेत र जोर्डनले गोलरहित बराबरी खेलेका छन् ।

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…