डेढ वर्षदेखि आगोमा जलिरहेको छ यो रुख, वैज्ञानिकहरु समेत अचम्ममा

सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको देख्दा वैज्ञानिकहरु पनि हैरान छन् ।

समाचार अनुसार सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियाको जंगलमा विनाशकारी डढेलो लागेको थियो । डढेलोबाट जंगलको डेढ लाख एक्कड जमिनमा फैलिएका लाखौँ रुख जलेर खरानी भए ।

हालै राष्ट्रिय निकुञ्ज सेवाको एक टोली जंगलमा आगलागीबाट भएको क्षतिको अनुगमनका लागि डढेलो लागेको जंगल भित्र गयो । त्यसक्रममा जब उनीहरुले जाएन्ट सेक्विया जातको रुखमा अझैपनि जलिरहेको र धुवाँ उडिरहेको देखे । उक्त रुखको काण्ड भित्रभित्रै जलिरहेको थियो र धुवाँको मुस्लो निस्किरहेको थियो ।

डेढ वर्षअघि जंगलमा लागेको डढेलोमा आगो लागेको रुख अहिलेसम्म पनि जलिरहेको दृश्य देख्दा उनीहरुले विश्वास नै गर्न सकेनन् । त्यसपछि उनीहरुले उच्च क्षमतायुक्त क्यामराको सहायताले उक्त रुखतर्फ हेरे । त्यसबाट पत्ता लाग्यो की उक्त रुख निकै पूरानो हुनुका साथै पछिल्लो डेढ वर्षदेखि आगोमा जलिरहेको रहेछ ।

यति लामो समयसम्म एउटा रुख जलिरहेको जानकारी पाउँदा वैज्ञानिकहरु निकै अचम्ममा परे । वैज्ञानिकहरुले उक्त रुखको अनुसन्धान गरे । सो रुख गत वर्षको डढेलोमा पूर्णरुपमा नजलेको र रुख निकै पूरानो र ठूलो भएको हुँदा रुखको काण्ठको भित्र निक्कै विस्तारै जलिरहेको वैज्ञानिकहरुको ठहर छ । चुल्होभित्रको आँचमा दाउरा जसरी विस्तारै जल्दछ त्यो रुखपनि त्यसैगरी जलिरहेको वैज्ञानिकहरु बताउँछन् ।

वर्षातका कारण यो रुख माथिसम्मै जल्न पाएको छैन । साथै चिसो मौसममा त्यहाँ हुने उच्च हिमपातका कारण पनि त्यो रुखलाई पूर्णरुपमा जल्नबाट बँचाएको छ ।

आश्चर्यको कुरा त के भने यो प्रजातिको रुख उम्रिनका लागि समेत आगोको ठूलो भूमिका हुन्छ । जंगलमा डढेलो राख्दा रुखका हाँगाहरु जल्दछन् अनि रुखको खोटो पग्लिएर टाँसिएका बिउहरु जमिनमा खस्दछन् र नयाँ विरुवा उम्रिन्छ । एजेन्सीको सहयोगमा

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…