‘लिक्विड स्प्रे’ गरेर चुरेको भूक्षय रोक्ने वनमन्त्रीको योजना !

काठमाडौं । सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति बजेटमा ल्याएपछि चुरे विनाश गर्न खोजेको भनी विज्ञहरुले चिन्ता गरिरहेका छन् । यही बेला नवनियुक्त वन तथा भूसंरक्षण मन्त्री नारदमुनि रानाले स्प्रे गरेर चुरे संरक्षण गर्ने नयाँ योजना सुनाएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले चुरेको दोहन रोकेर त्यसमा परेका दरारहरुलाई समेत पुर्न माटो सिल गर्ने ‘लिक्विड’ स्प्रे गर्ने प्रविधि प्रयोग गर्ने बताए । ‘त्यसले भूक्षयलाई कम मात्रै गर्दैन, त्यहाँ नयाँ बोट विरुवा उमार्न पनि सघाउ पुग्छ र चुरे थप हराभरा हुन्छ ।’

मन्त्री रानाले चुरेको विनाश रोकेर त्यसको संरक्षणलाई प्राथमिकता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘अष्ट्रेलिया र जर्मनीमा त्यस्तो ‘लिक्विड’ प्रयोग गरेर चुरेजस्ता कमलो माटो भएका क्षेत्रको संरक्षण गरिएको छ,’ उनले भने, ‘हामी पनि त्यस्तै प्रविधिमा जाने योजनामा छौं, राष्ट्रपति चुरे, तराई-मधेश संरक्षण समितिसँग यसबारे छलफल गर्छौं ।’

चुरेको संरक्षणमा कुनै सम्झौता नहुने भन्दै मन्त्री रानाले सबै पक्षसँग छलफल गरेर संरक्षणलाई प्रभावकारी बनाइने बताए । ‘ल्यान्ड सिल्ड गर्ने लिक्विडसहित नयाँ सीप, तरिका र प्रविधिलाई महत्व दिएर चुरेको भस्किने माटोलाई रोक्छौं,’ उनले भने, ‘यस्ता तरिकाहरुबारे थप छलफल गर्छु ।’

के होला यस्तो लिक्विड स्प्रे ?

विपद व्यवस्थापनविज्ञ रञ्जन दाहाल मन्त्री रानाले भन्न खोजेको प्रविधिबारे आफूले नबुझेको बताए । बायो इन्जिनियरिङमा भूक्षय रोक्न घासको बीउ राखेर स्प्रे गर्ने प्रचलन रहेको उनले बताए ।

‘बायो इन्जिनियरिङका धेरै तरिकामध्ये यो पनि एउटा त हो,’ उनले भने, ‘तर मलाई थाहा छैन कि मन्त्रीज्यूले कुन खालको लिक्विड स्प्रे भन्नुभएको हो ।’

उनले चुरे क्षेत्रको भूगोल, माटोको प्रकृति र भूक्षय हुने अवस्था हेरेर मात्रै यो प्रविधि उपयोगी रहे/नरहेको निक्र्योल गर्नुपर्ने उनले बताए ।

‘बायो इन्जिनियरिङको घाँसको बीउ राखेर स्प्रे गर्ने प्रविधि भन्नुभएको हो भने असम्भव त हैन, तर सम्भव छ/छैन भन्नेबारे पहिले अध्ययन नै हुनुपर्छ,’ दाहाल भन्छन्, ‘विदेशमा कतै-कतै यस्तो प्रविधि प्रयोग भएको छ, हामीले विद्यार्थीलाई पनि यसबारे पढाउँछौं ।’

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…