सम्झना शाहीसहित राउटे मुखिया सूर्यनारायण शाही मुख्यमन्त्री कार्यालय पुगेपछि

सुर्खेत । राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन्।

आज कर्णाली प्रदेशसँग खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन्। ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन्।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्न दिनुपर्‍यो।’

उनीहरुले त्रिपाल, लगत्ता कपडालगायत वस्तुहरु माग गरेका छन्। वर्षादको समय सुरु हुन लागेका कारण त्रिपाल लगायतका बन्दोबस्तका सामग्री माग गरेका हुन्। राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरु बन्दोबस्त गरिदिने आवश्वासन दिएका प्रेस सल्लाहकार बुढाथोकीले बताए।

मुखिया सूर्यनारायण शाहीसंग हालै विवादमा  तानिएकी सम्झना शाहीसहित  कुल ५ जना उपस्थित भएका थिए।  सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन गर्ने बताए। फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन्। यहाँ राउटे समुदायमा ३६ घरपरिवारका एकसय ४५ जना नागरिकहरु छन्।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…