भारतमा रहेको एप्पल कक्पनिले बीस हजारलाई रोजगारको अवसर दिने

भारतमा रहेको एप्पल अपरेसनले करिब बीस हजारलाई रोजगारको अवसर सिर्जना गरेको छ। एप्पल इन्साइडरका अनुसार एप्पलका उपकरणको माग बढ्दै गएपछि यसको उत्पादनको लागि कर्मचारीको संख्या थप गर्नुपर्ने भएकोले भारतका एप्पल आपूर्तिकर्ताहरुले सन् २०२२ को मार्चसम्ममा रोजगारी बढाउने प्रतिबद्धता जनाएका हुन्।

एप्पलको आपूर्ति चेन निकै ठूलो छ र उपकरण उत्पादनका लागि वर्षौँदेखि चीनमा निर्भर हुँदै आएको छ। बिस्तारै आफ्ना रेगुलेटर, सेयर होल्डर र विश्वव्यापी राजनीतिको दबाबका कारण एप्पलले अर्को आपूर्तिकर्ता भारतलाई बनाएको हो।

हाल भारतमा एप्पलको उपस्थिति बढ्दै जाँदा यसमा कामको अवसरहरु पनि बढिरहेको छ। डिजिटाइम्स एसियाको एक रिर्पोट अनुसार कम्पनीले अहिलेसम्म भारतमा बीस हजार रोजगारी थपेको छ।

यी रोजगार अवसरहरु एप्पलका उपकरण उत्पादन गर्ने आपूर्तिकर्ताहरुले सिर्जना गरेका हुन्। एप्पललाई उत्पादन प्रदान गर्ने आपूर्तिकर्ताहरुको संख्या सन् २०१८ मा छवटाबाट बढेर सन् २०२० मा नौवटामा बढेको थियो।

यदी कोरोनाको महामारी नभएको भए भारतमा एप्पलको रोजगारी अझ बढी हुने थियो। भारतमा देखिएको कोरोनाको दोस्रो लहर त्यहाँ श्रम अभावको कारण रहेको एप्पल इन्साइडरले बताएको छ।

गत वर्ष फेब्रुअरीमा एप्पलका सिइओले भारतमा एप्पलको पहिलो स्टोर सन् २०२१ मा खुल्ने बताएका थिए, तर यो योजनापनि कोरोनाले गर्दा ढिलाई भइरहेको छ। एप्पलले आफ्नो स्टोर भारतमा खोल्न सफल भएपछि त्यहाँको स्थानीय रोजगार अवसर अझ बढी सिर्जना गर्ने अपेक्षा छ।

 

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…