सभामुखले बोलाएको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?

काठमाडौं, २८ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । आजको छलफलमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था र अब कसरी अघि बढ्ने ? भन्नेबारे धारणा राखेका थिए । बैठकमा सहभागी नेता दीपक बोहराले आजको छलफलमा कुनै निश्कर्ष र निचोड नआएको स्पष्ट पारे ।

उनले भने-“आजको छलफलमा केही निचोड पनि केही निस्किएन । संसद् पूनःस्थापनाबारे चर्चा भएको थियो । हाम्रो पक्षबाट संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा भएकोले यस विषयमा अहिले छलफल नगरौं भनियो । बरु, जनतालाई खोपको व्यवस्था गर्नुपर्ने कुरा उठाईयो । त्यस्तै, ढुंगा, गिट्टी र बालुवा भारत निकासी रोक्नुपर्छ भनियो ।

विघटनबारे अन्तिम आदेश आएपछिमात्रै धारणा राख्ने कुरा पूर्व प्रधानमन्त्रीहरुले राख्नुभयो ।” उनले सभामुख सापकोटाले अहिलेको परिस्थिति, संसद् विघटन भएको अवस्थामा के गर्दा उचित हुन्छ भन्ने कुरा राखेको सुनाए ।

बैठकबाट बाहिरिने क्रममा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले संविधान र व्यवस्था नै असफल पार्ने षड्यन्त्र भैरहेको प्रतिक्रिया दिए । सरकारले चुनाव गर्नको लागि चुनावको मिति घोषणा नगरेको पनि उनको दाबी छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…