यी हुन मुसिकोट नगरपालिकाले १८ लाखमा किनेका बाख्रा, किसानले गरे अस्वीकार

जेठ २८, रुकुम पश्चिम । बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।

आर्थिक वर्ष २०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाले बताएको छ ।

सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ ।

यश क्रममा पहिलो चरणमा ल्याइएकामध्ये ५६ मध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको बताइएको छ ।

बाख्रा खरिद र वितरणका लागि केअरफाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो । नगरपालिकाले टेन्डर गरि ल्याएका ती बाख्राहरू किसानले लिन अस्वीकार गरेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…