काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ,’ पराजुलीले भने।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।

उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताए। ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने।

निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरिन्छ। ‘त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने। जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।

निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताए। स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।

निषेधाज्ञा वा लकडाउन जे भने पछि स्थानीय प्रशासन ऐन अन्तर्गत जारी गरिने गरिएको छ। यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ। त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…