ज्येष्ठ नागरिकले पाउने भनिएको खोप पहुँचका भरमा सबै अरुले लगाए

घोराही, २८ जेठ । कोभिडविरुद्धको खोप लगाउन भन्दै राप्ती प्रादेशिक अस्पताल पुग्नुभएका तुलसीपुर–३ का ६१ वर्षीय शिवलाल न्यौपाने बुधबार आक्रोशित देखिनुहुन्थ्यो । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर ल्याएको खोप अन्य उमेर समूहलाई लगाउन थालेपछि उहाँसँगै खोप लगाउन आएका ज्येष्ठ नागरिकहरुले अस्पताल परिसरमै बिरोध गरे ।

‘दिनभर लाइन लाग्दा पनि पालो आएन’– उहाँले भन्नुभयो– ‘आ–आफ्ना मान्छे ल्याएर खोप लगाउन थालेपछि हामीले विरोध ग¥यौं ।’ सरकारले ज्येष्ठ नागरिकहरुका लागि भनेर ल्याएको खोप अन्य उमेर समूहले लगाएपछि विरोधमा उत्रिएको उहाँले बताउनुभयो ।

त्यही भीडमा उभिनुभएका अर्का ज्येष्ठ नागरिक बुद्धप्रसाद न्यौपानेको आक्रोश पनि उस्तै थियो । आफू मुटुको दीर्घरोगी भएको बताउँदै अन्य व्यक्तिहरुलाई खोप लगाइएको भन्दै विरोध गर्नुभयो । दाङमा कोभिड खोप अभियान जारी भएको दोस्रो दिन बुधबार राप्ती प्रादेशिक अस्पतालसहित जिल्लाका केही खोप केन्द्रहरुमा ज्येष्ठ नागरिकहरुले विरोध गरेका छन् ।

सरकारले ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने भन्दै सञ्चालन गरेको खोप अभियानमा आफ्ना चिनेजानेका र पहुँचका भरमा लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई खोप लगाइएको भन्दै ज्येष्ठ नागरिकहरुले खोपकेन्द्रमा विरोध गरेका थिए ।

बुधबार घोराही–१४ को शहरी स्वास्थ्य केन्द्रमा बाहिरका व्यक्तिहरुलाई खोप लगाउन लागेको भन्दै ज्येष्ठ नागरिकहरुले विरोध गरेपछि खोप लगाउने काम स्थगित भयो । ६२ देखि ६४ वर्षभन्दा बाहिरकाले लगाउन थाले भन्दै विवाद बढेपछि खोपकेन्द्र तनावग्रस्त रह्यो ।

कोभिड संक्रमणको जोखिमलाई लक्षित गरी ज्येष्ठ ६२ देखि ६४ वर्षीय ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने अभियान दाङसहित अन्य जिल्लामा चलिरहेको छ तर खोप अहिले लक्षित समूहभन्दा बाहिरकालाई लगाउन थालिएको भन्दै स्थानीयस्तरबाट विरोध र आलोचना भइरहेको छ । सामाजिक सञ्जालहरुमा समेत लक्षित समूह भन्दा अन्यले खोपले लगाएका तस्विरहरु देखिएका छन् । त्यस्तै लमही अस्पतालमा पनि लक्षित समूहभन्दा बाहिर खोप लगाएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाइएको छ ।

लमही नगरपालिका स्वास्थ्य शाखाका लालमणिका सुवेदीका अनुसार सतवरिया स्वास्थ्य चौकीबाट बचेको १० डोज खोप लमही अस्पताल पठाइएको थियो । ‘स्वास्थ्य चौकीबाट बचेको खोप लमही अस्पतालमा ल्याइएको थियो’– उहाँले भन्नुभयो– ‘त्यो सूचना बाहिर चुहिएपछि लक्षित समूह बाहिरका मानिसहरु पुगेर खोप लगाए ।’

केही खोप लक्षित समूह बाहिरकाले लगाए पनि अधिकांश भने लक्षित समूहलाई नै लगाइएको उहाँको भनाइ छ । लमही नगरपालिकाभित्र सात सय १९ जनालाई कोभिड खोप लगाइएको उहाँले जानकारी दिनुभयो । त्यस क्रममा बाँकी बेचेको २० डोज खोप भने स्वास्थ्य कार्यालयमा नै फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले लक्षित वर्गभन्दा बाहिरकालाई खोप लगाएको विषयमा छानबिन गर्ने बताएको छ । ‘६२–६४ वर्ष उमेर समूहकालाई खोप लगाउने निर्देशन गरेका छौं’– प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भन्नुभयो– ‘तर लक्षित समूहभन्दा बाहिर खोप लगाइएको भन्ने सूचना आएपछि छानबिन टोली पठाएको छौं ।’ सहायक सिडियो चिरञ्जीवी रानाको नेतृत्वमा छानबिन गरिने भएको हो । उक्त छानबिनपश्चात रिपोर्टपछि मात्रै यथार्थ के हो भन्न सकिने प्रजिअ पौडेलले बताउनुभयो ।

जिल्लाका दश पालिकाका करिब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । जसअनुसार घोराहीमा दुई हजार पाँच सय, तुलसीपुरमा दुई हजार दुई सय, लमहीमा सात सय ४०, बंगलाचुलीमा तीन सय ६०, राप्तीमा छ सय ३०, राजपुरमा तीन सय, गढवामा पा“च सय ६०, बबईमा चार सय २०, दंगीशरणमा तीन सय २० र शान्तिनगरमा तीन सय ८० खोप पठाइएको थियो ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…