जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त !

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि का’रबाही गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो । प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गए ।

सर्वोच्चले एउटा खार काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिनसक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…