रामायणमा रावण बन्दै ऋतिक, अवतारको कस्ट्युम टिमले लुक डिजाइन गर्ने!

काठमाडौं । पछिल्लो समय प्रोड्युसर मधु मंटेनाको ‘रामायण’लाई लिएर निकै चर्चा भइरहेको छ । जानकारी अनुसार यो फिल्ममा अभिनेता ऋतिक रोशनले रावणको भूमिका निभाउने भएका छन् ।

त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले फिमेल लिड निभाउने चर्चा भइरहेको छ । तर, यसबारे हालसम्म कुनै पनि आधिकारिक घोषणा भने गरिएको छैन ।

रामायणमा कसले गर्दैछ ऋतिक रोशनको कस्ट्युम डिजाइन ?

यस फिल्ममा ऋतिक रोशनको कस्ट्युम डिजाइनका लागि मेकर्सले यूएस बेस्ड कस्ट्युमको टिमसँग कुराकानी गरिरहेको छ । यस कस्ट्युम टिमले हलिउड साइन्स फिक्शन फिल्म अवतारको लागि कस्ट्युम डिजाइन गरेको थियो । यो फाइनल भएमा माइथोलोजिकल ड्रामा ‘रामायण’मा ऋतिकको भूमिकाको लागि यस टिमले कस्ट्युम डिजाइन गर्नेछ ।

चर्चामा ‘रामायण’को बजेट

फिल्मको कुरा गर्नुपर्दा यो एक लाइभ–एक्शन ट्राइलोजी हुनेछ, जसलाई थ्रीडीमा सुट गरिनेछ । यो फिल्मलाई हिन्दी, तमिल, तेलेगुलगायतको भाषामा रिलिज गरिनेछ । यस फिल्मको बजेट ५०० करोड भारु रहेको बताइएको छ । फिल्मलाई अल्लु अरविन्द, नामित मल्होत्रा र मधु मंटेनाले निर्माण गर्न लागेका हुन् ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…