स्तर खसाएर सरोज यादव बने मन्त्री, मोबाइलको टर्च बालेर रातारात सपथ खाए

मुख्यमन्त्रीको दाबेबारी गर्दै आएका नेपाली काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले बुधबार भौतिक पूर्वाधार मन्त्री पदको सपथ खाएका छन् ।

गत एक सातादेखि नै प्रदेश नम्बर २ को सरकार परिवर्तन भई काँग्रेसको नेतृत्वमा प्रदेश सरकारको गठन हुने चर्चा चलेपनि अन्ततः यादव पनि मुख्यमन्त्री राउतको शरणमा पुगेका हुन् ।

संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरुले बुधबार राती दश बजे सपथग्रहण गरे । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेसबीच दिउँसो २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल बिस्तार गरे ।

जसमा रामसरोज यादव गत एक सातादेखि मुख्यमन्त्रीको दाबी गरी मात्र सरकारमा जाने अडानमा बसेपनि अन्तत स्तर खसाएर उनले भौतिक पूर्वाधार मन्त्रीकै सपथ खाएका हुन् । हडबड भएको बेला नव नियुक्त मन्त्रीहरुले भने अँध्यारोमै मोबाइलको टर्च बालेर सपथ खाएका हुन् ।

काँग्रेसबाट दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, ओमप्रकाश शर्मा उर्जा, सिंचाई तथा खानेपानी र वीरेन्द्र प्रसाद सिंह युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री भएका छन् ।

प्रदेश प्रमुख राजेश झॉअहिराज’ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।उनकै निजी सचिवालय परिसरमा आयोजित सपथग्रहणमा मुख्यमन्त्री राउत,प्रदेश सभामुख सरोजकुमार यादव, मन्त्रीहरु लगायत प्रदेश सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

निर्धारित समय भन्दा झण्डै साढे २ घण्टा ढिला मन्त्रीहरुको सपथग्रहण भएको थियो । मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन गरेको प्रयास मन्त्रालयको बाँडफाँडमा असफल भएपछि काँग्रेसबाट मात्र मन्त्रीको सपथ गराइएको थियो ।

सत्तारुढ जसपामा विवाद भएपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झालाई गत आइतवार बर्खास्त गरेका थिए ।

काँग्रेसकै मन्त्रीहरुबीच पनि मन्त्रालयको विषयमा विवाद भएको थियो ।भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री बनेका यादवले राखेको सिंचाईलाई शर्माले माथिल्लो नेताबाट फोन गराएर खोसेका थिए ।

मुख्यमन्त्री राउत निवासमा शर्माले काठमाण्डुबाट दिलाएको दवाव सबैले सुनेका थिए ।शर्माका लागि आएको फोनले नेता यादवपनि चुप लागेका थिए । सरकारको नीति तथा कार्यक्रम शुक्रवार दिउँसो ३ बजे र बजेट असार १ गते मंगलवार प्रदेश सभामा प्रस्तुत हुने कार्यक्रम छ ।

नवनियुक्त मन्त्रीहरुले मैथिली र भोजपुरी भाषामा सपथ लिन चाहेका थिए । तर प्रदेश प्रमुख झाले नेपाली बाहेकको भाषामा सपथग्रहण बिहिवार मात्र हुन सक्ने भनेपछि मन्त्रीहरुले नेपाली भाषामा नै सपथग्रहण गर्न राजी भएका थिए ।

माओवादी केन्द्रबाट दुई जना मन्त्री र एकजना राज्यमन्त्री राख्ने सहमति भएपनि मन्त्रालयको विषयमा कुरा अड्किएको छ ।माओवादीले काँग्रेसको भागमा परेको उर्जा, सिंचाई र खानेपानी मन्त्रालय चाहेका छन् ।

कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय लिन सहमत भएपनि विज्ञानप्रबिधि, वातावरण, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा माओवादीले चासो देखाएको छैन् ।

माओवादीपनि चाँडै सरकारमा सहभागि हुने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जनाए ।उनले मन्त्रीहरु नियुक्त भएपनि राज्यमन्त्रीहरु सहमति अनुसार पछि नियुक्त गरिने बताए ।

मुख्यमन्त्रीमै दाबेदारी गर्दै आएका यादवले मन्त्री मात्र पाएपछि उनको चारैतर्फबाट समाजिक सँजालमा स्तर खसाएर मन्त्री पद खाएको भन्दै आलोचना पनि गरिएको छ । यादवले सधै मिथिलाको चर्चा गर्दै आएपनि नेपाली भाषामा सपथ खाएको भन्दै पनि आलोचना गरिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…