दीपक मनाङे भन्छन्- जता बहुमत पुग्छ, उतै समर्थन गर्छु

गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्‍याउनेलाई आफूले साथ दिने बताएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका हुन्।उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो साथ रहने बताए। ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ चाहिन्छ।

नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक छ। गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ।

मन्त्री गुरूङले आफ्नो साथ बहुमत पुर्‍याउनेका पक्षमा रहने नेकपा एमालेका सांसदहरू महेन्द्र थकाली र इन्द्रधारा विष्टसँग भनेका थिए। बुधबार नै उनले उक्त कुरा भनेका हुन्। तर बिहीबार बिहान यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।

मुख्यमन्त्री गुरूङका पक्षमा एमालेका २७ सांसद छन्। ‘म काम विशेषले मन्त्रालय गएको थिए, मन्त्री गुरूङले त्यस्तो कुरा गरेको सुनेँ’, सांसद थकालीले भने, ‘उहाँ (मनाङे) ले जता ३० पुग्छ उतै मैले मत दिएर ३१ पुर्‍याउने हो भन्नुभयो।’

संसद भंग हुन नदिन आफूले उक्त निर्णय गरेको मनाङेको भनाइ उदृत गर्दै थकालीले बताए। मनाङेले बहुमत पुग्ने अवस्था देखिए अहिलेकै सरकारलाई समर्थन जनाउने समेत बताएको सांसद थकालीले बताए।

‘उहाँले पहिलो प्राथमिकता त यही सकारलाई दिने भन्नुभएको छ’, थकालीले भने, ‘उहाँको निजी कुरा हो, अरु त केही थाहा भएन।’

गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत थियो। तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुबै गठबन्धन अल्पमतमा थियो। मनाङेको उक्त निर्णयसँगै गण्डकीमा विपक्षी गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत पुग्ने देखिएको छ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…