दीपक मनाङेका भाइ ललितपुर प्रहरीको हि’रासतमा

प्रहरीले ललितपुरबाट जेठ १६ ला’गुऔषधसहित तीन जनालाई प’क्राउ गर्‍यो। प’क्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अम्रिता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट प’क्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हि’रासतमा छन्।

प’क्राउ पर्नेमध्येका कोर्तो गुरूङ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ हुन्। पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ।

कुनै बेला गुण्डाको छवि बनाएका मनाङे मन्त्री हुँदा उनका भाइ अहिले हि’रासतमा छन्। कोर्तोको आपराधिक पृष्ठभूमि लामो छ। विभिन्न घटनामा उनी धेरै पटक प’क्राउ परिसकेको ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

‘यसपालि उनी ला’गुऔषधको मु’द्दामा सेवनकर्ताको रूपमा प’क्राउ परेका छन्,’ उनले भनिन्। उनी ४१ ग्राम आइस नामक ला’गुऔषधसहित प’क्राउ परेका हुन्।

यो ला’गुऔषध एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा किनबेच हुने गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

प’क्राउ परेका कोर्तोले ला’गुऔषधको कारोबार नगरेको तर आफैं सेवन गर्ने गरेको प्रहरीसमक्ष बताएका छन्। अहिले प्रहरीले उनीहरूले ला’गुऔषध कसरी पाए भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको एसपी महर्जनले बताए।

‘यिनीहरूले ला’गुऔषध कहाँबाट ल्याए भन्ने खोज्दैछौं। हामीले सबै पक्षबाट अनुसन्धान गरिरहेका छौ,’ उनले भने,’यिनीहरूको नेक्सस के रहेछ भनेर हेरिरहेका छौं। बिक्री वितरण पनि गर्ने हो वा आफैंमात्रै खाने हो भन्नेबारेमा पनि भेरिफाइ गर्दैछौं।’

कोर्तो १०-१२ वर्षको अन्तरालमा धेरै पटक प’क्राउ परिसकेका छन्। ‘उनका ठाउँठाउँमा धेरै वटा मु’द्दा छन्। अब सबै मु’द्दाको अनुसन्धान भइसकेको छ वा छैन बुझ्नुपर्नेछ। लगभग एक दर्जन बढी मु’द्दा छ,’ महर्जनले भने,’ १० देखि १२ वर्षको बीचमा १२/१४ चोटी त प’क्राउ नै परिसकेका छन्।’

उनीविरूद्ध अभद्र व्यवहार, झगडा, ला’गुऔषध लगायतको मु’द्दामा प’क्राउ परेका थिए। अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थपेको छ। ला’गुऔषधको मु’द्दामा आरोपित व्यक्तिलाई ९० दिन सम्म हि’रासतमा राख्न सकिन्छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…