नेपालको संविधान अर्को पटक लेख्नुपर्छ : नेता प्रभु शाह

काठमाडाैँ। नेकपा एमालेका नेता प्रभु साहले संविधान पुनर्लेखनको कुरा उठाएका छन्।

साहले संवैधानिक प्रावधानहरु बारेको फरक बुझाइका कारण देश मुठभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फँस्दै गएको समेत बताएका छन्। गलत प्रावधानहरुलाई सुधार गर्न गम्भीर समीक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हल्ला चलाउनु देशलाई संकटको लामो सुरुंगमा धकेल्नु जस्तै भएको उनको बुझाइ छ।

‘संविधान निर्माणका तक्माधारीहरुले विगतमा गरेका आफ्नो गल्तिप्रति आत्मालोचित हुँदै देशमा बेथिति, अराजकता, अस्थिरता, अस्तव्यस्तता एवं फोहरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष आवश्यक संशोधन तथा परिमार्जन गर्नुको सट्टा कुनै पनि वहानामा अहिलेको यस व्यवस्थासँग सति जान खोज्नु वा यसबाट कुनै अदभूत नतिजाको अपेक्षा राख्नु भनेको ‘बबुर रोपेर आँपको अपेक्षा गर्नु’ बराबरको मुर्खता हो’ उनले भनेका छन्, ‘तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुनर्लेखनको जरूरी छ। यसमा सम्बन्धित सबै पक्षको समयमैं ध्यान पुगोस्।’

अदालतको आदेशबाट तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले पूर्ववत् अवस्थामा ब्युँतिएपछि माओवादीतर्फ नफर्की केपी शर्मा ओली नेतृत्वको एमालेमा प्रवेश गरेका थिए। माओवादी पार्टी छाडेर आफूलाई साथ दिएका साहलाई ओलीले सहरी विकासमन्त्री बनाएका थिए।सर्वोच्च अदालतले गैरसांसदलाई मन्त्री नबनाउन आदेश दिएपछि उनी पदमुक्त भएका थिए। उनी त्यसअघि डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदमा पनि कानुन मन्त्री थिए। संविधान सभाको न्याय प्रणालीसम्बन्धी समितिका उनी सभापति थिए।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…