पार्किङ शुल्कमा ७५ प्रतिशत छूट सहित असार १ देखि घरेलु उडान खोल्न माग

जेठ २६,  काठमाडौं । वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै संघले लामो समयदेखि बन्द रहेको उडान सञ्चालनमा सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरेको छ । कोरोना दोस्रो लहरको केही समयसम्म पनि उडानलाई निरन्तर दिइएको र त्यसबेला यात्रुहरू संक्रमणरहित रहेको संघको दाबी छ ।

कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले उडान सुरक्षित भएको संघको भनाइ छ । यी उपाय अपनाएर यात्रु आवतजावत गराइने भएकाले अब आन्तरिक उडान सञ्चालन गर्न दिन संघले मन्त्रीसमझ अनुरोध गरेको छ ।

सरकारले वैशाख २० गतेदेखि नै आन्तरिक उडानमा रोक लगाएको छ । ३५ दिनदेखि आन्तरिक उडान ठप्प रहँदा यो क्षेत्रको आम्दानी घटिरहेको र कैयौं कर्मचारीको रोजगारी गुम्ने जोखिम रहेको संघको भनाइ छ । रोजगारी गुम्नुका साथै आश्रित परिवारको रोजीरोटी खोसिने भन्दै संघले आन्तरिक उडानलाई सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ ।

यसैगरी संघले अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्यमा कटौतीको स्वागत गरेको छ । आन्तरिकतर्फको पनि न्यून मुनाफा राखेर मूल्य घटाउन संघले अनुरोध गरेको छ । इन्धनमा मूल्य घटाउँदा सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाईयात्रा गर्न पाउने उल्लेख छ । यस्तै हालको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छूटका लागि पनि संघले सरकारसँग अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…