बैंकिङ प्रणालीले वृद्धवृद्धालाई सास्ती, वृद्धभत्ता लिन स्ट्रेचरमा जानुपर्ने बाध्यता

सरकारले वृद्धभत्ता बैंकबाट दिने घोषणा गरेसँगै अशक्त वृद्धवृद्धालाई सकस भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ की ७८ वर्षीया विष्णुमाया काफ्लेले एक वर्षदेखि भत्ता पाएकी छैनन् । किनकि उनी उठेर बैंकसम्म जान त के बाहिरभित्र पनि गर्न सक्दिनन् । उनको बायाँ खुट्टा चल्दैन । प्यारालाइसिस भएको झन्डै एक दशक भयो । त्यसयता उनी घरबाट बाहिर गएकी छैनन् ।

वर्ष दिनअघि वडाध्यक्ष दीपेन्द्र थापा आफैँ घरमा पुगेर सरकारले दिने सामाजिक सुरक्षाभत्ता १२ हजार विष्णुमायाको हातमा थमाएर फर्किएका थिए । प्यारालाइसिसले थलिएकी वृद्धा आमाले हातभरि भत्ता पाएपछि खुसीले गद्गद् भएको क्षण वडाध्यक्ष थापाले सम्झिए ।

विष्णुमायाको भत्ता लिन उनको संरक्षक बसेका छोराछोरी पटक–पटक बैंक पुगे । तर, भत्ता नपाएर उसै घर फर्किए । भत्ता पाउने व्यक्ति स्वयंको औँठाछापविना बैंकले रकम नदिने नियम रहेछ । हजुरआमालाई स्ट्रेचरमा बोकेर सिन्धु विकास बैंक जलवीरे हिँडेका नाति सुमित काफ्लेले बैंकिङ प्रणाली लागू भएयता अशक्त वृद्धवृद्धाले सास्ती खेप्नुपरेको बताए ।

सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको हो । तर, अशक्त वृद्धवृद्धालाई बैंकिङ प्रणालीले ठूलो सास्ती दिएको पाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ मा मात्रै १५ वृद्धवृद्धाले आठ महिनादेखि भत्ता पाएका छैनन् । वडा नम्बर २ कै ७५ वर्षीय आइते विकको घरमा कोही छैन । सरकारले दिएको भत्ता आठ महिनादेखि बन्द हुँदा विकले नुनतेल किन्न पाएका छैनन् ।

हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई संरक्षक बसेका व्यक्ति आएमा रकम दिनु भनेर बैंकलाई ताकेता गरेको वडाध्यक्ष थापाले बताए । तर, बैंकले भत्ता पाउनेको औँठाछापविना रकम दिन अस्वीकार गरेको छ । कतिपय वृद्धभत्ताको भरमा बाँचिरहेकाले ठूलो समस्या भएकाे थापाले बताए ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…