विगतको तुलनामा आलु र प्याजको उत्पादन बढ्ने अनुमान

जेठ २६,  काठमाडौं । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा भन्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिसँगै कृषि पेशा अँगाल्ने र व्यावसायिक खेती गर्ने क्रम बढेकाले उत्पादन बढेको अनुमान गरिएको हो ।

गत आवको तुलनामा यस वर्ष आलु र प्याज खेती गरिएको क्षेत्रफल, उत्पादकत्व र उत्पादन बढेको पाइएको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा गत आवको भन्दा २ लाख ८१ हजार २ सय ८९ मेट्रिकटन आलु धेरै फल्ने अनुमान गरिएको छ । गत आवमा १ लाख ९३ हजार ९ सय ९६ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३१ लाख १२ हजार ९ सय ४६ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

चालू आवमा २ लाख ९९ हजार ४१ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३३ लाख ९४ हजार २ सय ३६ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रले बताएको छ । त्यसैगरी उत्पादकत्व समेत बढेर प्रतिहेक्टर १६ दशमलव ०५ बाट १६ दशमलव १७ पुगेको छ ।

केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन भइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको त्यसको अन्तिम ड्राप्mट तयार गर्ने काम गरिरहेको छ । अहिले उपलब्ध गराइएको तथ्यांक अनुमानित भए पनि धेरै तलमाथि नहुने उनले बताए ।

केन्द्रको तथ्यांकअनुसार गत आवको भन्दा चालू आवमा ३ हजार ८ सय ६४ मेट्रिकटन प्याज उत्पादन धेरै हुने देखिएको छ । गत आवमा कुल २० हजार ९ सय ८ हेक्टर जमीनमा प्याज खेती गरिएकोमा २ लाख ९१ हजार ५ सय ३८ मेट्रिकटन उत्पादन भएको थियो । चालू आवमा २० हजार ४ सय २४ हेक्टर जमीनमा खेती गरिएकोमा २ लाख ९५ हजार ४ सय २ मेट्रिकटन उत्पादन भएको छ । उत्पादकत्व पनि बढेर १३ दशमलव ९४ बाट १४ दशमलव ४६ पुग्ने बताइएको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…