नेयमार चम्किँदा विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

२६ जेठ, काठमाडौ । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ ।

नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।

खेलको चौथो मिनेटमै गाब्रीएल जेससको पासमा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इनजुरी टाइमको तेस्रो मिनेटमा नेमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।

लगातार छैटौं जितपछि ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा आशिन छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो । अर्जेन्टिनाले भने कोलम्बियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । ६ खेलबाट ७ अंक रहेको पाराग्वे हारपछि छैटौं स्थानमा झरेको छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…