शिक्षकलाई खोप अनिवार्य गरियोस्

खलजीत बुढा मगर

सरकार भबिष्यमा ती विशेष ब्यक्तिहरुले जिम्मेवारका लागि कदम चाल्दा लाखौंको ज्यान बच्ने भएकाले शिक्षकका लागि खोपको ब्यवस्था गर । शिक्षकका लागि खोप अनिवार्य गरिनुपर्छ, यो आम शिक्षकहरुको माग हो । अहिले पनि एक सय बढी शिक्षकको कोरोना संक्रमणबाट ज्या’न गइसकेको छ ।

शिक्षण एउटा पेशा मात्र होइन, हजारौं विद्यार्थीको भविष्य बोेकेको जिम्मेवारी पनि हो, जसको दैनिक सयौं विद्यार्थीसँग सम्पर्क हुन्छ । हरेक निकायको नेतृत्व गर्ने एक दक्ष व्यक्ति, डाक्टर, इन्जिनियर, नेता, शिक्षक उत्पादन गर्नै जिम्मेवारी शिक्षकमा हुन्छ ।

शिक्षाको लागि प्रमाणपत्रमा भयको ग्रेड र अङ्कलाई भन्दा बरु नियमित समय भन्दा तीन चार घन्टा बढी समय र तलब बढाइ देऊ ।

सिकेका हरेक सैद्धान्तिक कुराहरुलाइ ती महान उच्च सम्मानका शिक्षकको र विद्यार्थीको अत्यधिक सक्रियतामा प्रयोगात्मक तरिकाले प्रयोग र नयाँ नयाँ कुरा आफ्ना बिबेकले भ्याएसम्म उनिहरुले सृजना गर्नसक्ने आवश्यक शिक्षण सामग्री र वातगारण जुन निकायबाट हुन्छ, ब्यवस्था गरौं ।

हरेक विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरौं । बालबालिकाको विशेष क्षताका आधारमा गणितमाराम्रा भए गणितका ल्याबमा जोड दिऔं । जुन बिषयको संभव छ, त्यसमा ध्यान दिऔं । विद्यालय कस्ता बनाउने, विद्यार्थी कस्ता बनाउने र शिक्षक कस्ता बनाउने बहस गरौं तर उनीहरुको जीवनमाथि खेलवाड नगरौं । हामी यस्तो पनि कल्पना गर्न सक्छौं, सरकारको सही नीति हुने हो भने भ्याक्सिनहरु उत्पादन गर्ने पनि शिक्षण संस्थाबाटै हो ।

संसारभरिका विश्वविद्यालय अहिले खोप उत्पादनमा लागिरहेका छन् तर हामीले यहाँ खोप लगाइदेउ भनेर गुहार गर्नुपर्ने अवस्था छ । हामी यसमा पनि छलफल गर्न सक्छौं, देशका नेता, डाक्टर, इञ्जिनियर उत्पादन गर्नसक्ने विश्वविद्यालयहरुले एउटा महामारीको खोप उत्पादन गर्न किन सक्दैन । सरकारले सही नीति लिएर विश्वविद्यालयलाई अनुसन्धानमा लगाउने हो भने यसका लागि विश्वविद्यालयहरु सक्षम पनि हुने छन् ।

हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक मात्रै छ । सिकेका सिद्धान्त प्रयोगबाटबाट प्रमाणित गर्ने अवस्था छैन । त्यसैले पनि नेपालमा खोपसम्बन्धी अध्ययनले सफलता नपाएको हो । यो घटनाबाट शिक्षा क्षेत्रले सिक्नुपर्ने पाठ यो पनि हो कि महामारीका लागि सबैभन्दा बढी प्रभावित यही क्षेत्र हुँदो रहेछ, यही क्षेत्रले महामारीविरुद्ध लड्ने खोपको अनुसन्धान र खोज किन नगर्ने ?

यो सवालमा हामीले बहस गर्नैपर्छ– आगामी दिनमा शैक्षिक संस्थाहरुले खोप लगाइदेऊ भनेर याचना गर्नुनपरोस् बरु कुन विश्वविद्यालयले कुन खोपको उत्पादन गर्ने भनेर प्रतिष्पर्धा चलोस् । तर, अहिलेका लागि भने शिक्षक विद्यार्थीका लागि खोप अनिवार्य गरियोस् । अन्य क्षेत्रजस्तै शिक्षकहरु पनि अग्रपंक्तिका सरोकारवाला हुन् भन्ने मानियोस् र शिक्षकलाई खोप अनिवार्य गरियोस् ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…