पतञ्जलीले उपहार दिएको किट वितरणमा रोक

काठमाडौँ  । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जली योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि ती किट तत्काल वितरण नगर्ने निर्णय गरेको हो ।

पतञ्जलीले उपलब्ध गराएको १ हजार ५ सय किट तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बिहीबार स्वास्थ्य मन्त्रालयमै बुझेका थिए । पतञ्जलीले स्वासारी ट्याब्लेट, नाकमा राख्ने अणु तेल र कोरोनिल ट्याब्लेट राखिएको प्याकेट मन्त्रालयलाई सहयोग गरेको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले पतञ्जलीबाट प्राप्त औषधि श्वासप्रश्वासमा फाइदा हुने भए पनि औषधि व्यवस्था विभागमा दर्ता नभएकाले वितरण गर्न नसकिने बताए । ‘यो कोरोनाको औषधि होइन । यसको प्रयोगले स्वास्थ्यमा असर नपर्ने देखियो तर औषधि व्यवस्था विभागमा दर्ता नभएकाले वितरण नगर्ने निधोमा पुगेका छौं ।’

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले यो किट पैठारीका लागि आवेदन परे पनि स्वीकृत नपाएको बताए । औषधि ऐनअनुसार विभागमा दर्ता नगरी औषधि पैठारी गर्न पाइँदैन । पतञ्जलीले सरकारलाई थोरै सहयोग गरेर बिक्री गर्ने उद्देश्य राखेको हुन सक्ने विभागले आकलन गरेको छ । यो औषधि भारतमा पनि विवादित बनेको छ ।

भारतीय मेडिकल एसोसिएसनले पतञ्जलीले उत्पदान गरेका यस्ता किटको विरोध गरेको छ । आयुर्वेद विभागले किट पाउनेबित्तिकै जिल्लास्थित आयुर्वेद कार्यालयले खडा गरेको आइसोलेसनमा प्रयोग गर्ने निर्णय गरेको थियो । ‘औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि वितरण नगर्ने भयौं,’ महानिर्देशक डा. उपाध्यायले भने । त्रिपाठीले उक्त किट विभाग र मन्त्रालयका कर्मचारीसँग पनि समन्वय नगरी सिधै लिएको स्रोतले जनाएको छ ।

निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले पतञ्जलीले दिएको किट कोरोनाको औषधि भनेर आफूले नलिएको बताए । ‘रोगसँग लड्ने क्षमताको औषधि भनेर लिइएको हो,’ उनले भने, ‘बालकृष्णजीले यस्तो महामारीका बेला के सहयोग गर्न सक्छु भन्नुभयो । इनर्जी बुस्टको औषधि पठाउनुभयो । जुन औषधि सेवन गर्दा साइट इफेक्ट गर्दैन भने त्यसलाई प्रयोग गर्दा के हुन्छ भनेर लिएको हो ।’

यो औषधिको भारतको नियमन निकायले समेत अनुमति दिएको कागज आफूले पाएको उनले बताए । औषधि व्यवस्था विभागले अनुमति नदिएको औषधि भन्सारबाट समेत सहजै पैठारी भएको छ ।

स्वास्थ्य मन्त्रालयले यो औषधिको भन्सार छुट गराउन अर्थमा पत्राचारसमेत गरेको थियो तर अर्थले सहमति दिनुअघि नै सामान ल्याइएको थियो । निवर्तमान महिलामन्त्री महतोले मन्त्रालयमा संघसंस्थाबाट प्राप्त सहयोग हस्तान्तरण गर्न जाँदा पतञ्जलीले उपलब्ध गराएको सामान बुझ्ने कार्यक्रममा सहभागी मात्रै भएको बताइन् ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…