एसएसबीको दादागिरी : सीमा वासी नेपालीलाई भन्छन्, ‘धेरै बोले खेतबाटै उठाइदिन्छौं’

कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि सिमानाकाको विवाद छ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेकाे छ ।

उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताउनुभयाे ।

यसरी नेपाली सिमानाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने जवाफ दिएका थिए । तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् ।

भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाइ धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएकाे छ । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् । भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…