रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।

खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर व्यक्तिका घर, टोल, आइसोलेशन केन्द्र र अस्पतालमा भएका रित्ता सिलिन्डर जुन उद्योगको हो त्यही उद्योगमा भर्नका लागि उपलब्ध गराउन पनि आग्रह गरेको छ । साथै अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याङ्क मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अक्सिजन जस्ताे औषधिकाे रूपमा प्रयाेग हुने विषयलाई अनावश्यक रूपमा वितरण र प्रयाेगलाई प्राेत्साहन गरी मानिसकाे ज्यानै जाने जाेखिम हुने खालका कामहरू नगर्न नलगाउन सबैमा सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…