भाटभटेनीलाई चार लाख जरिवाना

निषेधाज्ञाको उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख जरिवानाको आदेश दिएको जानकारी दिए।

निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार प’क्राउ गरेको थियो। काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी सहितको टोलीले उनलाई प’क्राउ गरेको हो।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान छ।

सोही अनुसार भाटभटेनीलाई चार लाख जरिवाना तिराउन आदेश दिएको प्रजिअ पराजुलीले बताए। निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको थियो।

भाटभटेनीले मूल ढोका बन्द गरेपनि अर्को ढोकाबाट ग्राहकलाई जान दिइएको पाएपछि म्यानेजरलाई नियन्त्रणमा लिइएको थियो। निषेधाज्ञाको अवधिमा बिहान ९ बजेसम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइन्छ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…