भारतका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा मेसीलाई पछि पार्दै बनाए रेकर्ड

भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन्। उनले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरुद्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित निकालेको थियो। सो जित भारतले जारी विश्वकप छनोटमा हात पारेको पहिलो जित हो।

दुई गोल गरेसँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए।

सक्रिय खेलाडी जीवनमा रहेका खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन्। उनले देशका लागि अहिलेसम्म १०३ गोल गरिसकेका छन्।

तेस्रो स्थानमा युएईका अली अहमद छन्। उनले ७३ गोल गरेका छन्। चौथो स्थानमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ७२ गोल गरेका छन्। मेसीले अर्जेन्टिनाका लागि १४३ खेल खेलेका छन्।

सुनील सोमबारसम्म हाल सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीसँगै तेस्रो स्थानमा थिए।सोमबार दुई गोल गरेपछि उनले मेसी र युएईका अली अहमदलाई पछि पारे।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…