पेनाल्टीले बिगार्यो : प्रशिक्षक अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले जोर्डन विरुद्ध पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

फिफा विश्वकप र एएफसी एसियन कपक छनोट अन्तर्गत जोर्डन विरुद्ध सोमबार ३-० ले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले पेनाल्टीपछि खेल परिवर्तन भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौँ । पहिलो हाफमा एउटै गल्ती भनेको पेनाल्टी दिनुभयो । सायद त्यो पेनाल्टी नभएको खेल खेलको नतिजा फरक हुन सक्थ्यो ।’ खेलपछि अलमुताइरीले पोष्ट म्याच कन्फ्रेन्समा भने । त्यसपछि जोर्डनले धेरै आराम पाएर खेल्यो र गोल थपे ।’

उनले हारपछि खेलाडीलाई दोष नदिन र धैर्य गर्न फेरी भने । ‘खेलाडीलाई दोष नदिनुस् । उनीहरु भर्खर रियल फुटबल खेल्दैछन् । हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका हौँ ।’ उनले भने । ‘आगामी खेलमा सुधारिएको प्रदर्शनको आशा छ ।’

अलमुताइरीले अब अष्ट्रेलिया विरुद्ध हुने खेलमा ब्यालेन्स्ड फुटबल खेल्ने बताए । यसअघि जोर्डनको घरेलु मैदान अम्मानमा २०१९ मा भएको खेलमा नेपाल ३-० ले नै पराजित भएको थियो ।

जोर्डनका प्रशिक्षक भिटाल बोर्केन्मान्सले आफ्नो टोलीले कडा मिहिनेत गरेर खेलेको र अझै धेरै गोल हुनुपर्ने बताए । ‘हामीले अझै धेरै गोल गर्नुपर्ने थियो । खेलाडीले मैदानमा कडा मिहिनेत गरेका थिए । अझै ३ गोल गर्नुपर्ने थियो ।’ यस्तै भिटालले जितबाट सन्तुष्ट रहेको बताए । ‘३ अंक हाम्रो लागि महत्वपूर्ण हो । अब कुवेत विरुद्धको खेलको लागि हेरिरहेका छौँ ।’

जोर्डन जितपछि ६ खेलबाट १३ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ र विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने र एसिया कपमा सिधै छनोट हुने सम्भावना कायमै राखेको छ । जोर्डनले अब बाँकी दुई मध्ये एक खेल जितेमा पनि एसिया कपमा सिधै छनोट हुने सम्भावना छ । त्यसका लागि ८ समूहमा दोस्रो हुने मध्ये उत्कृष्ट चारमा पर्नुपर्नेछ ।

जोर्डनले अब कुवेत र अष्ट्रेलियासंग खेल्न बाँकी छ । नेपालले भने अष्ट्रेलियासंग मात्र खेल्न बाँकी छ । नेपाल भने हारपछि ७ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…