निवर्तमान वनमन्त्री आलेद्वारा कान्तिपुरकर्मीलाई धम्की

काठमाडौँ  । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई ध’म्क्याएका छन् ।

पत्रकार मियाँले अन्तर्वार्ताका लागि आलेलाई टेलिफोन गरेका थिए । त्यसक्रममा आलेले आफूलाई दु’र्व्यवहार र धम्की दिएको मियाँले बताए । यस घ’टनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले सोमबार विज्ञप्ति जारी गरेको छ ।

‘कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य अब्दुल्लाह मियाँलाई निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौंमा दु’र्व्यवहार र ध’म्क्याएको घटनाप्रति यस शाखाको गम्भीर ध्यानार्कषण भएको छ,’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कान्तिपुर प्रतिष्ठानले समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासा भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको छ ।

शाखाले घटना संलग्न निर्वतमान माननियलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाध रुपले काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग माग गरेको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…