भैरहवाका माओवादीहरु राजनीति छाडेर संक्रमित मृ’तकको श’व व्यवस्थापनमा

बुटवल । १५ वर्ष पहिले सम्म पहिलेसम्म शाहि नेपाली सेना र माओवादी कार्यकर्ता एक आपसका दुस्मन थिए । हरेक दिन एकले अर्कालाई खत्तम बनाउन रणनीति बनाउँथे र त्यही रणनीति अनुसार एकले अर्कालाई आक्रमण गर्थे । २०६३ को बृहद शान्ति सम्झौता पछि पनि माओवादी र रुपान्तरित नेपाली सेनजाबीच समुधुर सम्बन्ध बन्न सकेको थिएन ।

अन्तिम अवस्थामा सेना समायोजन पछि भने सेनाले माओवादी र माओवादीले नेपाली सेनालाई आत्मसाथ गरेको देख्न पाइयो । हो त्यही १५ वर्ष पहिले एक आपसमा लड्ने सेना र माओवादीहरु अहिले कतिपय स्थानमा एक आपसका परिपुरक बनेका छन् ।

एक महिना अगाडि सम्म रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा मृ’त्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गर्दथ्यो । सेनाको एउटा टोलि नै शव व्यवस्थापनमा खटिएको थियो र उसले आफन्तको चाहना अनुसार जलाउने वा गाड्ने स्थान समम शव पु¥याईदिने गर्दथ्यो । तर बिगत ३ साताबाट नेपाली सेनाले गर्दै आएको काममा हात बँटाउन माओवादी कार्यकर्ताहरु अग्रसर भएका छन् ।

अहिले भैरहवाको भिम अस्पतालमा सेनाको जवानहरुलाई विश्राम गराएर माओवादी केन्द्रका कार्यकर्ताहरुले शव व्यवस्थापनको जिम्मा लिएका छन् । नेपाली सेनाले जस्तै गरि शवको दाहसंस्सकार अगाडी उनीहरुले सलामी दिन्छन् । अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्याक गरिदिएको शव दाहसंस्कार स्थल सम्म पु¥याईदिन्छन् र मृ’तकका आफन्तको चलन चल्ती अनुसार अन्त्यस्छीमा सहघाउँछन् । फरक यत्ती छ नेपाली सेनाले मुट्ठी फिँजाएर सलामी दिने गर्दथ्यो भने माओवादी कार्यकर्ताहरुले मुट्ठी बाँधेर लालसलाम गर्ने गर्दछन् ।

भिम अस्पतालमा मृ’त्यु भएका सबैको शव व्यवस्थापनको जिम्मा माओवादीको सिद्धार्थनगर नगरकमिटीले लिएको छ । उनीहरु बिहानै देखि अस्पतालमा उपस्थित हुन्छन् र पीपीई लगाएर शव व्यवस्थापनका लागि तयारी अवस्थामा रहन्छन् ।

माओवादीले शव व्यवस्थापनसँगै अस्पतालमा भर्ना भएका संक्रमितहरुलाई बेसार, जुवानो र मसला पानी सहित अण्डा, सुप जस्ता पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छन् । संक्रमितको आफन्तलाई सिधै तातो पानी र बेसार पानी बनाईदिन होटल व्यवसायीहरु हिच्किचाईरहेका बेला माओवादीका कार्यकर्ताहरुले थालेको यो कदमले संक्रमति र उनका आफन्तहरुलाई धेरै नै राहत पुगेको छ ।

शव व्यवस्थापनका लागि १६ जनाको टोलि बनाईएको छ, टोलिको कमाण्ड जनमुक्ति सेनाका पुर्व लडाकु सिद्धार्थनगर कमिटिका ईन्चार्ज तिरबहादुर रोकाले गरेका छन् । सह कमाण्ड सम्हालेका छन् माओवादीका सिद्धार्थनगर कमिटीका सह इन्चार्ज नारायण हमालले । उता बेसार पानीको प्रबन्धका लागि भने नगरका स्थानीय कार्यकर्ताहरुले आलोपालो गर्ने गरेको रोकाले बताए ।

उनले नेपाली सेनाले शव ब्यवस्थापन गर्दा धेरै स्थानमा पुग्नु पर्ने हुँदा पालो कुर्नुपर्ने, एउटामात्र शव नउठाउने र शव एकिकृत गरेरमात्र व्यवस्थापन हुने जस्ता समस्या देखेपछि आफुहरुले शव व्यवस्थापन कार्यमा लागेको बताए । ‘२-३ शव जम्मा गरेरमात्र सेनाले व्यवस्थापन गर्न लैजाने, मृ’त्युका कारण पिडामा परेका आफन्त लामो समय कुर्नु पर्ने जस्तो जनगुनासो आएपछि हामीले सेनालाईपनि सहज होस् भनेर शव ब्यवस्थापनमा हात बढायौं ।’ रोकाले भने ।

पार्टी हेडक्वाटरले देशभरका कार्यकर्तालाई कोरोना संक्रमितको सेवामा र उनीहरुको सहयोगमा जुट्न निर्देशन दिए अनुसार भैरहवामा नगर कमिटी परिचारलन भएको माओवादी रुपन्देहीका सचिव निर्मल जीसीले बताए । उनले शव व्यवस्थापन सेनाले निशुल्क गरेपनि गन्तब्यसम्म शव बोक्ने शव बहान र गाडीहरुले चर्को रकम असुल्न थालेपछि पार्टीले त्यसलाई न्युनिकरण गर्नका लागि पनि आफै खट्ने निर्णय गरेको जीसीले बताए ।

‘संक्रमणबाट मृ’त्यु भएकाहरुको शव घाट सम्म शव पु¥याएको ४० देखि ६० हजार सम्म मागेको गुनासो आएपछि पार्टीले आफै एम्बुलेन्स र शव बहानका संचालकहरुसँग वार्ता गरेर न्युनतम शुल्क वा सकेसम्म लागतमुल्यमा सेवा दिने गरेका छौं ।’ जीसीले भने ।

नागरिकको जिवन रहे उनीहरुमाथिको राजनीति पछि गर्दा पनि हुन्छ, नागरिकको जिवन नै नरहे राजनीति गर्ने धरातल पनि रहन्न । रुपन्देहीको सिद्धार्थनगर भैरहवाका माओवादी कार्यकर्ताको जाँगरको अरुले पनि अनुशरण गर्दा फाईदा नै पुग्छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…