प्रधानन्यायाधीश राणा अस्वस्थ, संवैधानिक इजालास बुधबार मात्रै

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्य ठीक नभएकोले सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ नहुने भएको छ।

प्रधानन्यायाधीशको स्वास्थ्यका कारण सोमबार बस्‍ने संवैधानिक इजलास स्थगित भएको जानकारी सर्वोच्च प्रशासनले दिएको छ। अब बुधबार इजलास बस्‍ने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

आइतबारको सुनुवाइमा सरकारी पक्षका अधिवक्ताले न्यायाधीश कार्की र भट्टराईबारे प्रश्न गरेपछि विवादमै इजलास सकिएको थियो र विषयमा प्रवेश गर्न पाएको थिएन।

यसअघि गठन भएको संवैधानिक इजलासमा बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक अधिवक्ताले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…