ओलीको यो अर्को फण्डा हो : रामकुमारी झाँक्री

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेतृ रामकुमार झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा काम नगर्ने बताएकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । ओलीको उक्त वक्तव्य आफूहरुलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन् ।

रातोपाटीसँग उनले भनिन्, ‘यो पार्टी एकताका लागि भन्दा पनि मिडिया कञ्जम्सनका लागि पिपुल कञ्जम्सनका लागि अलमल्याउन, झुक्याउन, आफ्ना तमाम कमीलाई लुकाउन म एकताको पक्षधर थिएँ देखाउनका लागि कोरिएको एकतर्फी वक्तव्यबाजी हो । यस्तो एकतर्फी वक्तव्यबाजीले पार्टी एकतामा काम गर्दैन । एकताको नजिक पनि ल्याउँदैन ।’

झाँक्रीका अनुसार यही वक्तव्य पनि एकताका लागि गरिएको हो भने सहमतिमा जारी गरिनुपथ्र्यो । ‘त्यहाँ माधव नेपाल र केपी ओलीको बीचमा हस्ताक्षर भएर आउनुपथ्र्यो,’ उनले भनिन् ।

ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए ।

‘बुँदा नम्बर चारको कुरा गरिएको छ । त्यो त असम्भव छ । आजको दिनमा २३ जना मान्छेले यो संसदलाई जोगाउनका लागि हस्ताक्षर गरेका हौं । संसद किन जोगाउने भन्दा लोकतन्त्र र जनताको प्रतिनिधिमूलक थलोलाई स्थिर बनाउनका लागि र यसले वैकल्पिक सरकार दिन्छ,’ उनी भन्छिन् ।

कोरोनालगायत विविध कारणले ६ महिनामा चुनाव नहुने देखिएकाले संवैधानिक संकटबाट मुलुकलाई जोगाउनका लागि आफूहरुले गरेको प्रयास कुनै हालत र मूल्यमा फिर्ता नहुने झाँक्रीको भनाइ छ ।

‘फिर्ता गर्ने हामी । खड्गप्रसाद ओलीले घोषणा गरेर फिर्ता लिइने छ भनेर लिइने छ । यो पनि कुनै एकताको वक्तव्य हो ?,’ उनको प्रश्न छ, ‘योबीचमा शीर्ष नेताहरुसँग पनि कुरा भएको छ । हाम्रो लाइन यही हो । जब संकट आउँछ । खड्ग प्रसाद ओलीले एउटा एउटा फण्डा गर्नुहुन्छ । यो अर्को फण्डा हो ।’

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…