अब केपी ओलीसँग वार्ता नगर्ने भन्दै माधव नेपालले कडा विज्ञप्ती निकाल्दै

२३ जेठ काठमाडौं। नेकपा (एमाले) का नेता माधव कुमार नेपालले तत्काल अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता असम्भ रहेको बताएका छन् । ओलीले एकपछि अर्को गरेर असंवैधानिक र राष्टघाती काम गरेको भन्दै नेता नेपालले ओलीसँग वार्ताको सम्भावना नभएको बताएका छन् । नेता नेपालले अहिले केही बेरमा वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।

हालै आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक र स्थायी कमिटीको बैठकपछि निश्कर्ष निकाल्दै अहिले ओलीसँग वार्ताको सम्भावना नरहेको कुरा अहिले जारी हुने वक्तव्यमा समावेश हुने जनाईएको छ । नेता नेपालले ओलीलाई परास्त गरेरै छाड्ने बताउँदै आएका छन् । अहिले नेता नेपाल कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको गठबन्धनमा छन् ।

नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । नेपाल पक्षले अब ओलीसँग वार्ता र एकताको लागि नयाँ शर्तसमेत अघि सारेको छ । नेतृ रामकुमारी झाँक्रीले हालै पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि पार्टी एकताको लागि ओलीले आफूहरुले अघि सारको शर्त मान्नुपर्ने बताएकी थिईन् ।

उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छोड्नुपर्ने पनि अडान राखेका छन् । र, २०७५ जेठ २ गते फर्कनुपर्ने र फागुन २८ गते यता गरेका सबै निर्णय खारेज हुनुपर्ने अनि प्रतिनिधिसभा विघटन गलत थियो भनेर सार्वजनिक रुपमा ओलीले माफी माग्नुपर्ने पनि उनीहरुका शर्त छन् ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…