भाग्यमानीको भुतै कमारो : उपमेयरमा चुनाव हरेकी रेणुका गुरुङ राज्यमन्त्री बनिन्

काठमाडौँ। राजनीतिकर्मीको भाग्य होस् त राज्यमन्त्री रेणुका गुरुङको जस्तो ! २०७४ सालमा टोखा नगरपालिकामा उपमेयरको चुनाव जितेकी भए गुरुङ अहिले स्थानीय तहका घरायसी मुद्दा–मामिलाहरु हेर्दै बसिरहेकी हुने थिइन् । तर, चुनावमा ९९ मत मात्र ल्याएर उनी ‘सौभाग्यवस’ पराजित भइन् ।

उपमेयरमा हारेपछि उनी समानुपातिक सांसद भइन् । र, संसद विघटन भइसकेपछि शुक्रबार रातिदेखि सिंहदरबारमा मन्त्रीको कुर्सीमा बस्न पुगिन् । गुरुङलाई स्थानीय तहमा एमालेले नै हराएको थियो, तर सिंहदरबार पनि एमालेले प्रवेश गरायो । आफैंले हराएको व्यक्ति मन्त्री बनेपछि टोखाका एमाले कार्यकर्ताहरु भने छक्क परेका छन् ।

उपमेयरको चुनाव हारेकी गुरुङ जसपाका तर्फबाट शुक्रबारदेखि महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् । समाजवादी पार्टीबाट चुनाव लडेकी उनले उपमेयरमा जम्मा ९९ मत मात्रै पाएकी थिइन् । चुनावमा एमालेका तर्फबाट निर्वाचित उपमेयर ज्ञानमाया डंगोलले ८ हजार ९८ मत पाएकी थिइन् ।

भोट थोरै आएपछि मतगणनास्थलमा झगडा गरेकी थिइन् गुरुङले

स्थानीय तहको चुनाव सम्पन्न भएपछि राज्यमन्त्री गुरुङले आफ्नो मत कम आएको भन्दै निर्वाचन अधिकृतसँग बिवाद गरेकी थिइन् । अन्य प्रतिस्पर्धीको एक हजार मत आउँदा उनले जम्मा ३ मत मात्र पाएपछि मेरो भोट किन कम आएको भनेर विवाद गरेको स्थानीयले बताए । उनले मेरो नाम किन आएन, समाचार पनि आएन भन्दै विवाद गरेकी थिइन् । टोखा नगरपालिकाको कार्यालयमा भइरहेको मतदान स्थानमा होहल्ला गरेपछि उनलाई सम्झाइएको थियो ।

२०७४ सालको स्थानीय तहको चुनावमा विजयी भएकी एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत, निकटतम प्रतिस्पर्धी कांग्रेसकी रजनी थापाले ८ हजार ३६ मत, दीपक बानियाँले २ हजार ४७४ मत, राप्रपाका सुरज पाण्डेले ८६०, नेमकिपाकी रेबिना डंगोलले ६७४ मत पाएका थिए । संघीय समाजवादीकी गुरुङले ९९ र स्वतन्त्र उम्मेदवार रुपा कुमारी अधिकारीले २५ मत ल्याएका थिए ।

अहिलेसम्म कुनै पनि निर्वाचन नजितेकी र राजनीतिमा लागेको छोटो समयमै उनले मन्त्रालयमा पाइला टेकेकी हुन् । संघीय समाजवादी फोरमको टोखा नगर कमिटी अध्यक्ष रहेकी उनी उपमेयरमा पराजित भएपछि पनि उनले पार्टीको तर्फबाट समानुपातिक तर्फको सिटबाट सांसद बन्ने सौभाग्य पाइन् ।

सुरुमा बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेकी गुरुङ उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग मिलेर बनेको समाजवादी पार्टीमा लागेकी थिइन् । सो पार्टी र जसपाबीच एकीकरण भएपछि उनी उपेन्द्र यादव समूह छोडेर महन्थ ठाकुर पक्षमा लागिन् । आफ्नो समूहमा लागेपछि ठाकुर र महतोले उनलाई राज्यमन्त्री उपहार दिएका हुन् ।

उपमेयर ज्ञानमायाले दिइन् बधाई

आफ्नै पार्टी सत्ताको नेतृत्वमा रहेका बेला त्यही सरकारमा आफूले स्थानीय तहको चुनावमा पराजित गरेको ब्यक्ति राज्यमन्त्री भएपछि ज्ञानमायालाई राजनीति अनोठो लागेको छ ।

उपमेयर डंगोलले रातोपाटीसँग भनिन्, ‘सानो पार्टीमा लाग्यो भने जहाँ पनि जस्तो पनि पद पाइने रहेछ भन्ने कुरा बुझेँ मैले । ठूलो पार्टीमा त्यस्तो नहुने रैछ । सानो पार्टीमा उपमेयर नपाए पनि सांसद बनाउने, सांसदमा पुगेको मान्छेलाई मन्त्री पनि बनाउनु परिहाल्यो । चिठ्ठा परेजस्तै हुने रहेछ ।’

आफ्नै छिमेकीसमेत रहेकी गुरुङ राज्यमन्त्री भएको समाचार सुनेपछि डंगोलले फोन गरेर बधाई दिइन् ।

जोसँग पराजित हुनुपरेको थियो, तिनै उपमेयरको बधाइको फोन आएपछि गुरुङ्ले पनि भनिन्, ‘धन्यवाद । ठीक छ, अब हामी मिलेर काम गर्नुपर्छ बैनी ।’ आफ्नै नगरपालिकाको बासिन्दा र पहिलेदेखिकै चिनजान भएकाले फोन गरेर बधाई दिएको उपमेयर डंगोलले बताइन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…