चिनियाँ विश्वविद्यालयको क्याम्पस बनाउन लागेको भन्दै हंगेरीमा हजारौंको प्रदर्शन

हंगेरीको राजधानी बुडापेस्टमा चिनियाँ विश्वविद्यालयको स्याटेलाइट क्याम्पस बनाउन लागेको विरोधमा हजारौं नागरिकले प्रदर्शन गरेका छन्।सांघाईको फुदान विश्वविद्यालयको क्याम्पस आफ्नो सहरमा बनाउने सरकारको निर्णयविरूद्ध शनिबार हजारौं मानिसले सडकमा प्रदर्शन गरेका हुन्।

सरकारले प्रदर्शनमा लगाएको प्रतिबन्धका बाबजुद् झन्डै १० हजार मानिस सडकमा निस्केर प्रदर्शन गरेपछि यो योजनाले भविष्यमा थप विवाद सिर्जना गर्ने देखिएको छ।

बुडापेस्टमा बनाउने तयारी भइरहेको क्याम्पस फुदान विश्वविद्यालयको युरोपमा पहिलो भौतिक उपस्थिति हुनेछ। साढे १ अर्ब अमेरिकी डलर खर्च हुने क्याम्पस बनाउन चिनियाँ कम्पनी र कामदार जानेछन्।

‘स्टुडेन्ट सिटी’ को अवधारणा अनुसार चिनियाँ विश्वविद्यालयको क्याम्पस पनि बनाउन लागिएको हो। अर्को वर्ष चुनाव आउन लागेकाले प्रधानमन्त्री भिक्टर अर्बानका विपक्षीहरूले उक्त प्रोजेक्टलाई महत्वका साथ उठाइरहेका छन्। चार कार्यकालदेखि सत्तामा रहेको अर्बानको पार्टीले कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने यो एक नमूना भएको विपक्षीहरूको आरोप छ।

मत सर्वेक्षणहरूले धेरै हंगेरियनहरू उक्त प्रोजेक्टको विपक्षमा रहेको देखाएका छन्। यसअघि सहरका अधिकारीहरूले प्रोजेक्टको विरोधमा क्याम्पस बन्न लागेको ठाउँका सडकका नाम नै परिवर्तन गरिदिएका थिए।

चीनलाई चिढ्याउन उनीहरूले चार वटा सडकका नाम ‘फ्री हङकङ रोड’, ‘उइगुर मार्टर्ज रोड’, ‘दलाइ लामा रोड’ र ‘बिसुह्प सिए सिगुआङ रोड’ राखेका थिए।

चिनियाँ विदेश मन्त्रालयले उक्त कदमलाई आपत्तिजनक भनेको छ। प्रधानमन्त्री अर्बान युरोपियन युनियनमा र चीनका भरपर्दा मित्र हुन्। उनले यो कुरा पटक-पटक पुष्टि गरेका छन्।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…